Websoft University

दुर्घटनाबाट १ को मृत्यु



ओखलढुङगा, चैत्र ११ गते । रातो तारा डट कम,ओखलढुङगा मानेभञ्ज्याङ ५ की २५ बर्षीया पबित्रा राईको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । 

आज बिहान ११ बजे मानेभञ्ज्याङ जेरुङ गाउँ स्थितमा हर्कपुरबाट मानेभञ्ज्याङ तर्फ आउँदै गरेको ना ६ त ७३६० नम्बरको ट्र्याक्टर र बिपरित दिशाबाट आउदै गरेको बा ६३ प ९३५५ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा पछाडी सवार रहेकी पबित्रा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । 

मोटरसाईकल चालक सोही स्थानका २४ बर्षीय सुजन राई र सोही मोटरसाईकल पछाडीनै सवार रहेका अर्का १९ बर्षीय सनम राई घाईते भएकोमा उनिहरुको मिसन अस्पतालमा उपचार भईरहेको छ । 

ट्र्याक्टर र ट्र्याक्टर चालक नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.