Websoft University

बस दुर्घटना हुँदा ४० जना घाइते


काठमाण्डौ फागुन २२ गते । रातो तारा डट कम,काभ्रेको कोशीपारी,रामेछापको गुराँसेबाट काठमाडांैका लागि छुटेको यात्रुबाहक बस काभ्रेको ढाँडखर्कमा दुर्घटना हुँदा ४० जना घाइते भएको रेडियो काभ्रेले जनाएकोछ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमार विक्रम थापाले जानकारी दिनुभयो । घाइते सबैलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ । उपचारपछि एकजना यात्रु घर फर्किएको प्रहरीले जनाएको छ । विपरित दिशाबाट आएको गाडीलाई साइड दिनका लागि पछाडी सार्ने क्रममा बा ४ ख ७१०२ नम्बरको बस दुर्घटनामा परेको हो । बस सडकदेखि २० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले बताउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.