Websoft University

सिभिल हस्पीटल एण्ड ट्रमा सेन्टर का संचालन डा संजय कुमार साह र अस्पताल विरुद्ध नेपाल मेडिकल काउन्सीलमा उजुरी

श्याम राई-गाईघाट । रातो तारा डट कम,गाईघाट स्थीत सिभिल हस्पीटल एण्ड ट्रमा सेन्टर का संचालन डा संजय कुमार साह र अस्पताल विरुद्ध नेपाल मेडिकल काउन्सीलमा उजुरी परेको छ । 

खोटाङग को दिक्तेल रुपाकोट मझुवा गढी नगरपालीका  ३ वामा्रङ का ४२ वर्षिय पुर्ण वहादुर खत्री ले आईतबार काउन्सीलमा उजुरी दर्ता गराएका हुन् । लडेर भाच्चीएको हातमा लगाएको स्टील झिक्नु पर्नेमा ट्रमा सेन्टरका संचालक डा साह ले हड्डी झिकीदिएको भन्दै खत्री ले अस्पताल र साह बिरुद्ध कार्यवाही र क्षतिपुर्तिको लागी उजुरी गरेका छन्।

अस्पतालको गलत उपचार वाट पिडीत वनेको र अस्पताल, स्थानिय प्रहरी प्रशासन लाई वारम्वार न्यायको लागी गुहार माग्दा अहि ले सम्म न्याय पाउन नसकेको भन्दै खत्री ले उजुरी को लागी काउन्सील पुगेको पिडितका आफन्त कर्ण वहादुर वस्नेत ले वताए । 

साह विरुद्ध यस अघी पनि काउन्सीलमा उजुरी परीसकेको
छ । गाईघाटकै कमला रोका ले उनि विरुद्ध तिन महिना अघि उजुरी दिएको रोकाकी श्रीमान दुर्गा ले वताए । गलत तरीका ले एभर्सन गरीदा पाठेघरको क्यान्सर भएपछी  साह विरुद्ध काउन्सीलमा उजुरी  दिएकी थिईन् ।

चिकीत्सक र अस्पताल को लापरवाही वाट पिडीत अन्य ब्यक्तीहरु ले समेत काउन्सीलमा मुद्धा दर्ता गर्ने तयारी गरीरहेको दुर्गा ले वताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.