Websoft University

मेरो दिल छ पोखरामा को विशेष शो धरानमा सम्पन्न


धरान । रातो तारा डट कम,गीतकार शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखरामा को विशेष शो धरान मंगलबार एक विशेष कार्यक्रमका विच धरानको गणेश टाकिजमा सम्पन्न भएको छ ।

नेपाली चलचित्र भित्रका विविध सकारात्मक तथा नकारात्मक गतिविधीलाई निमार्ण भएको चलचित्रलाई आम दर्शक तथा स्रोताले निकै मन पराएको चलचित्रकी प्रस्तुतकर्ता कला राई महर्जनले बताइन ।  साथै बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुती रहने नेपाली कथानक चलचित्र तक्दिरको छायाँकन  आगामी चैत्र२० गते बाट धरान र आसपासका रमणिय स्थानमा छायांकन हुने सो कार्यक्रममा घोषणा गरिएको छ  ।

चलचित्रमा रबि खड्का ,राजु पौड्याल ,श्रेया दुलाल,कसिस दाहाल, मेनुका माझी, गगां कुवर,लक्ष्मी श्रेष्ठ , विशाल सुनुवार ,सागर गुरु चौलागाईं ,शत्रुघन अन्सारी को अभिनय रहने भएको छ ।  कृष्ण पाण्डेको छायाँकन  , देव महर्जनको द्धन्द्ध, नृत्य राजन महर्जन ,राजेन्द्र बजगाइ र रेखा पौडेल को संगीत ,नित्याशिवा र राजेन्द्र बजागाइ को स्वर रहने छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.