Websoft University

एसईई परीक्षा नरोकिने,


काठमाण्डौ । रातो तारा डट कम,सरकारले पर्सिदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईई नरोक्ने भएको
छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज अपील जारी गर्दै परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको बताउनुभएको छ । ६ देखि १७ चैतसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुनेछन् । त्यसका लागि १ हजार ९ सय ९५ परीक्षा केन्द्र तोकिएको छ । पर्याप्त सावधानी अपनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको मन्त्री पोखरेलले बताउनुभएको छ । उहाँले आफ्नो अपीलमा भन्नुभएको छ, विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि ७ सय ५३ वटै स्थानीय तहहरुलाई अनुरोध गरिसकिएको छ । मन्त्रालयले विद्यार्थीरुलाई साबुनपानी प्रयोग गरेर हात धुन, मास्क प्रयोग गर्न, अरुसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान आग्रह गरेको छ । साथै परीक्षा केन्द्रमा अनावश्यक रुपमा जम्मा भएर भीडभाड नगर्न पनि सबैलाई अपील गरेको छ । कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा भने भोली सकिनेछ ।  शिक्षा मन्त्रालयले  मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखेर विद्यालयमा सांस्कृतिक कार्यक्रम, बार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आम भेला नगर्न पनि सबैमा अनुरोध गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.