Websoft University

‘नीरफूल सार्वजनिक प्रदर्शन तत्कालका लागि स्थगन



काठमाण्डौ फागुन २७ गते । रातो तारा डट कम,फागुन ३० को पुर्वनिर्धारित रिलिज मितिबाट हामीले ‘नीरफूल’लाई चैत ७ मा सारेको यहाँहरुलाई विदितै छ । चैत ७ लाई नै केन्द्रमा राखेर ट्रेलर र नयाँ पोस्टर सार्वजनिक सँगै प्रचार–प्रसार अभियान समेत जारी राखिरहेको बेला विश्वव्यापी रुपमा संक्रमण बढ्दै गइरहेको कोरोना भाइरसको त्रासले हामीलाई पनि गम्भीर बनाएको छ ।


सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गरि सरकारले समेत सार्वजनिक भेला, सभा, समारोह तथा कार्यक्रम नगर्न आव्हान गरिरहेको बेला हामीले पनि ‘नीरफूल’ को सार्वजनिक प्रदर्शन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं । यसबाट दर्शक महानुभावको निरन्तर पर्खाइ र अपेक्षामा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं । विश्वव्यापी महामारीको यस्तो प्रतिकुल अवस्थामा मनोरञ्जन भन्दा नागरिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।  



अतः फिल्म ‘नीरफूल’ आगामी चैत ७ गते रिलिज नहुने जानकारी गराउँदै स्थिति सामान्य भएपछि नयाँ प्रदर्शन मिति घोषणा गरिने जानकारी गराउन चाहन्छौं ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.