Websoft University

सुन्दरहरैचा नगरपालिकाद्वारा कृषकहरूलाई च्याउको विउ वितरण

शिव भट्टराई,मोरङ।रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिकामा कृषि प्रसार शाखाको कार्यक्रम अनुसार च्याउ खेती सम्बन्धी ५०% अनुदानमा च्याउको विउ वितरण तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। 

बुधबार भएको सो कार्यक्रममा बोल्दै नगरप्रमुख शिव ढकालले व्यापार व्यवसायलाई विस्तार गर्न , व्यापार प्रवर्धन गर्न साथै उत्पादन गर्न सहयोग पुग्ने भएकोले सुन्दर हरैचा नगरपालिकाले यस वर्ष विभिन्न शीर्षकमा किसानहरुलाई अनुदान वितरण गर्दै आइरहेको बताएका थिए। 

त्यस्तै कार्यक्रममा सुन्दर हरैचाकी उपप्रमुख धन माया तामाङले कृषकहरूलाई सहयोग गर्न नगरपालिका हरदम तयार रहेको बताएकी थिइन् भने कृषकहरूले पनि अनुदान प्राप्त गरेकोमा खुसी व्यक्त गरेका थिए।

त्यस्तै कार्यक्रममा धनबहादुर गुरुङको परिश्रमबाट फलेको ८०० ग्रामको टमाटरको प्रदर्शनी गरिएको थियो भने सो कार्यक्रममा कृषि प्रसार शाखाका प्रमुख फडिन्द्र प्र भट्टराई, कर्मचारी साथै सुन्दर हरैचा का कृषकहरुको उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.