Websoft University

मुद्दाको चाप न्यूनिकरण गर्न समाज र अभिभावकको सक्रियता बढाउनु पर्छ -जिल्ला न्यायधिस दिपक खनाल


श्याम राई -उदयपुर,गाईघाट फागुन २१ गते । रातो तारा डट कम,उदयपुरमा जवरजस्ती करणी, सम्बन्ध विच्छेद र लागू औषधका घटनामा बृद्धि भएको छ । न्यायपालिकाको चौथो पंच वर्षिय रणनीतिक योजना कार्यक्रम अन्तर्गत जिल्ला अदालत उदयपुरले बुधबार पत्रकारसँग गरेको अन्तर क्रियामा जिल्ला न्यायधिस दिपक खनालले प्रस्तुत गरेको तथ्याकंले यस्तो देखाएको हो ।‘

तिन आर्थिक वर्षको तथ्याकं आकडा हेर्दा प्रत्येक वर्ष अदालतमा मुद्दा बढ्दै गएको छ ।’ न्यायधिस खनालले भने । यसलाई न्यूनिकरण गर्न समाज र अभिभावकको सक्रियता बढाउनु पर्छ । नभए अवस्था भयावह बन्न सक्छ ।’

चालू आर्थिक वर्षको आठ महिनामा सम्बन्ध विच्छेदको मुद्दा मात्रै १ सय ९२ वटा दार्ता भएकाछन् । दर्ता मुद्दा मध्यै १ सय ३० वटा फर्छौट भईसकेका छन् ।  न्यायधिक खनालले भने । अघिल्लो वर्ष २ सय ४१ वटा मुद्दा दर्ता भएका थिए । अहिले आठ महिनाको अवधिमा झण्डै २ सय मुद्दा पुग्न लाग्यो ।

‘ अघिल्लो अनुपात हेर्ने हो भने फागुन देखि जेष्ठ महिनामा मुद्दा बढी आउने समय हो । त्यसैले यो वर्ष ३ सय को हाराहारीमा मुद्दा दर्ता हुन सक्छ ।’ उनले भने ।
अघिल्लो आर्थिक वर्षमा ५२ वटा जवरजस्तीको मुद्दा दर्ता भएकोमा चालू आर्थिक वर्षमा ३६ वटा पुगिसकेकाछन् ।

त्यस मध्ये २१ वटा फछर्यौट भईसकेको न्यायधिस खनालले बताए । लागू औषधतर्फको यो वर्ष मात्र ५२ वटा मुद्दा अदालतमा दर्ता भएकोमा ४१ वटा फैसला भैसकेको छ ।
पछिल्लो तथ्याकं अनुसार, आव २०७५÷०७६ मा ९ सय ४२ वटा मुद्दा दर्ता भएकोमा चालू आर्थिक वर्षको माघ मसान्त सम्ममा ६ सय ४५ वटा मुद्दा भएको अदालतका श्रेस्तदार राजकुमार आचार्यले बताए ।

‘ यो आर्थिक वर्ष भित्रमा हामीले १ हजार ४ सय मुद्दा दर्ता हुने अनुमान गरेका छौ ।’ उनले  भने । जिल्ला अदालतमा दुई जना न्यायधिस रहेकाछन् । कम जनशक्ति भएपनि न्याय संपादन छिटो छरीतो र प्रभावकारी भएकोले विगत ३ आर्थिक वर्षदेखि दुई वर्ष बढीका मुद्दाहरु सबै फैसला भएर शुन्यमा पुगेको छ ।

एक देखि दुई वर्ष भित्रका संख्या पनि न्युन छ ।’ आचार्यले भने । आर्थिक फरर्छौटको अवस्था ७० प्रतिशत बढी छ । उनले भने । यो प्रतिशतलाई न्याय सम्पादनको हिसाबले राम्रो मानिन्छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.