Websoft University

आवश्यकता भन्दा धेरै ग्यास सिलिण्डर भरेर नराख्न सर्वसाधारणलाइ आग्रह


काठमाण्डौ चैत १ गते । रातो तारा डट कम, सरकारले खाना पकाउने ग्यास मौज्दात नराख्न सर्वसाधारणलाई अपिल गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले   विज्ञप्ति जारी गरी बजारमा अभाव हुन सक्ने भन्दै आवश्यकता भन्दा धेरै ग्यास सिलिण्डर भरेर नराख्न आग्रह गरेको हो । 

मन्त्रालयका सहायक प्रवक्ता उपसचिव उर्मिला केसीले विज्ञप्ति जारी गर्दै बजारमा ग्यासको आपूर्ति पर्याप्त भएकाले माग धान्न सकिने उल्लेख गर्नुभएको छ । हाल बजारमा खाना पकाउने एलपी ग्यासको खपत नियमितभन्दा बढी भइरहेकाले मौज्दात नराख्न सर्वसाधारणलाई आह्वान गरेको मन्त्रालयले जनाएको छ । 

बजारको बढ्दो मागलाई व्यवस्थापन गर्न नेपाल आयल निगम यस महिनाबाट नियमित खपतका अतिरक्त थप ११ हजार मेक्ट्रिक टन ग्यास आयात प्रक्रिया अघि बढाएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले उपभोक्ताहरूलाई दैनिक उपभोग्य वस्तुहरूको अभाव हुन नदिन र मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी रूपमा अगाडि बढाएको पनि दाबी गरेको छ । 

उपभोक्ताहरूलाई विगतमाझैँ नियमित तरिकाले वस्तुहरु उपभोग गर्न पनि  मन्त्रालयले अपिल गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.