Websoft University

पदभार ग्रहण गर्दै पुर्वान्चल विश्वविद्यालयका उपकुलपति गोठगाउँमा


शिव भट्टराई, मोरङ। रातो तारा डट कम,पुर्वाञ्चल विश्वविद्यालयका हालै नियुक्त डा.यादवराज कोइरालाले विश्वविद्यालय रहेको मोरगंको गोठगाउँमा पदभार ग्रहण गरेका छन्।

चार दिन अघि मात्र नियुक्त भएका उपकुलपति कोइरालाले गोठगाउँ पुगेर पदभार ग्रहण गरेका हुन । पुर्वाञ्चल विश्वविद्यालयको भौतिक पुर्वाधार गोठगाउँमा भएपनि लामो समय देखि उपकुलपतिको कार्यकक्ष सहित केन्द्रीय कार्यालय विराटनगरबाट सञ्चालन हुदै आएकोमा हालका उपकुलपति कोइरालाले गोठगाउँमै पुगेर पदभार ग्रहण गरेपछि स्थानीय उत्साहित भएका थिए ।

पुर्वाञ्चल विश्वविद्यालयको भौतिक पुर्वाधारहरु गोठगाउँमा भएपनि विराटनगरमा केन्द्रीय कार्यालय सञ्चालन भई रहेको समयमा हालै प्रतिनिधि सभाले केन्द्रय कार्यालय समेत गोठगाउँबाटै सञ्चालन गर्ने गरि विद्येयक पास गरेको थियो । पदभार ग्रहण गर्न आइपुगेका उपकुलपति कोइरालाले पुर्वाञ्चल विश्वविद्यालयलाई विश्वमै चिनाउने गरी काम अघि वढाउने प्रतिक्रिया दिए । 

पहिले देखिका उपकुलपतिहरुलाई समेत गोठगाउँमै कार्यकक्ष वनाउन आग्रह गर्दै आएको भएपनि हालका उपकुलपति कोइराला आएर पदभार ग्रहण गरेका कारण अव चाडै मेडिकल कलेज सहित भौतिक पुर्वाधार निर्माण कार्य अघि वढेर विश्वविद्यालयले सार्थकता पाउने स्थानीय राजकुमार क्षेष्ठले वताए । 

गोठगाउँमा पुगेर उपकुलपतिले पदभार ग्रहण गरेपछि स्थानीयले उनलाई फुलमालाले स्वागत गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.