Websoft University

इनरुवाको सुर्य किरण एकेडेमी अंग्रेजी हिज्जे प्रतियोगितामा प्रथम हुन सफल


शिव भट्टराई,सुनसरी । रातो तारा डट कम,सुनसरी जिल्ला स्तरीय संस्थागत विद्यालयका विद्यार्थीहरु विच भएको अंग्रेजी हिज्जे प्रतियोगितामा इनरुवाको सुर्य किरण एकेडेमी प्रथम भएको छ ।

निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सन सुनसरीले आयोजना गरेको अग्रेजी हिज्जे प्रतियोगितामा १४ विद्यालयलाई पछि पार्दै सुर्य किरण एकेडेमी प्रथम भएको
हो ।   त्यसै गरी अल्फाइन इग्लिस बोडिगं स्कुल रामधुनी द्धितिय ,सिद्धार्थ मेमोरियल स्कुल बराहक्षेत्र तेस्रो तथा इनरुवा इग्लिस बोडिगं स्कुल इनरुवा शान्त्वना वन्न सफल भयो ।

प्याब्सन सुनसरीका अध्यक्ष विष्णु कोइरालाको अध्यक्षता तथा प्याब्सन प्रदेस १का सचिव सुमित थापाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताका प्रथम ,द्धितीय ,तृतिय र शान्त्वना हुने विद्यालयहरुलाई कार्यक्रमका प्रमुख अतिथी , विशिष्ट अतिथी नरवहादुर थापा लगायतले शिल्ड प्रमाण पत्र वितरण गरेका थिए ।

प्रतियोगितामा सुनसरी जिल्लाका विभिन्न स्थानमा रहेका संस्थागत १५ विद्यालयको सहभागिता रहेको कार्यक्रम संयोजक तथा इनरुवा प्याब्सनका संयोजक मनोज यादवले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.