Websoft University

पोखरामा के भयो यस्तो ? आफ्नै जग्गामा पनि घर बनाउन दिदैन सरकारले, ३ सय बढी जनतालाई के गर्न खोजेको ?


काठमाण्डौ फागुन २७ गते । रातो तारा डट कम,पोखरा महानगरपालिका वडा नं. १७ लामतराका करिब ३ सय सर्वसाधारणले जग्गा हालसाबिक नहुदा आफुहरुलाई मर्का परेको गुनासो गरेका छन् । लालपुर्जा भएको जग्गा नापी कार्यलयले नापेर हालसाबिक नगरेपछि ३ सय भन्दा बढी सर्वसाधारणहरु यतिबेला मर्कामा परेका छन् । पोखरा महानगरपालिका वडा नं. १७ लामतरामा लालपुर्जा भएको जग्गा उपभोग गर्न नपाएपछि ३ सय बढी स्थानियहरु पिडित मात्र भएका छैनन् उनिहरु राज्यप्रति आक्रोसित पनि भएका छन् । 


विगत २५ वर्ष देखि बस्दै आएको ठाउँमा आफुहरुको लालपुर्जा भएपनि नापी कार्यालयले हालसाबिक गर्न नमानेपछि अहिले जग्गा छ तर आफ्नो जग्गाको कित्ता यकिन भएको छैन । सो जग्गा प्रयोग गरेर कुनै पनि व्यापार व्यवसाय गर्न पाइएको छैन । बनेका घर बनीसके तर नयाँ बनाउन जग्गा हालसाबिक नभएकै कारण बनाउन पाइएको छैन । 


यहि विषयलाई लिएर स्थािनयहरु स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारका भुमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा कुमारी अर्याललाई समेत अवगत गराएका छन् । स्थानियसंग मन्त्री अर्यालले भन्नुभयो । मालपोत र नापी कार्यालयको समन्वय गरेर स्थानीयको समस्या समाधान गर्नुपर्छ । समस्यालाई न्यारोडाउन गर्न मन्त्री अर्यालले निर्देशननै दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.