Websoft University

अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट वरियतामा नेपाल यथावत नै छ


काठमाण्डौ चैत १३ गते । रातो तारा डट कम,अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट वरियतामा नेपाल यथावत रहन सफल भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहेको हो । नयाँ वरियतामा नेपाल १५ औँ स्थानमा रहेको छ । यसअघि पनि नेपाल १५ औँ स्थानमा रहेको थियो । टी–ट्वान्टीमा लगातार खराब प्रदर्शन गर्दै आएको कारण नेपाल गत महिना ३ स्थान तल झरेको थियो । नेपालको टी–ट्वान्टीमा ११ औँ स्थान सर्वाधिक उच्च वरियता हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेका छन् । स्कटल्याण्ड १२ औँ र युएई १४ औँ स्थानमा छ । नेपाल एकदिवसीय वरियतामा भने १६ औँ स्थानमा रहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.