Websoft University

बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदिले गरिब, असाहय, एकल दलित तथा पिछडा वर्गहरुलाई घर बनाइदिने

बेलबारी । रातो तारा डट कम, मोरङ बेलबारीका गरिब तथा असाहय एक सय परिवारले निस्शुल्क घर पाउने भएका छन् । बेलबारी नगरपालिका भित्र ५ वटा वडामा पहिलो चरणमा घर निर्माण हुने भएका छन् ।

सहारा नेपाल, र ह्याविटेड नेपालको सहकार्यक्रमा नगरपालिकाले घर बनाइदिन थालेका हो । जस अन्तर्गत आईतवार बेलबारी ११ नम्बर वडाबाट उक्त कार्यक्रमको सुभारम्भ भएको छ । घर निर्माण कार्यको शिलन्यास गर्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदिले गरिब, असाहय, एकल दलित तथा पिछडा वर्गहरुलाई घर बनाइदिन थालिएको बताए ।

लामो समय देखी घर बनाएर बस्न नसक्ने परिवारलाई पहिलो चरणमा घर बनाइदिन थालेका हौ मेयर सुवेदि बताउछन् । ११ वटा वडामा विभाजीत यस नगरपालिकामा पहिलो चरणमा १,२,३,४,र ११ नम्बर वडामा घर बनाइने भएको छ । जम्मा ३ लाख लागतमा मुल्य बराबरीमा बन्न लागेको घर निर्माणमा नगरपालिकाको १ लाख ५०हजार सहारा नेपाल र ह्याविटेड नेपालको १ लाख र श्रमदान वारावरी ३५ देखी ५० हजार सम्मको श्रमदान लाग्नेछ ।

११ नम्बर वडामा ३७ वटा घर बनाइने छ भने अन्य ५ वटा वडामा ६३ वटा घर बनाईने नगरपालिकाको कार्यालयले जनाएको छ । भुई ढलाई गर्नुको साथै पक्की पिलर राखेर टिनको छानो भएको तिन कोठे घर निर्माण गर्न लागिएको ११ नम्बर वडाका उक्त घर निर्माण सहयोग समितिका संयोजक कमल लिम्बु बताउँछन् ।

एक महिनामा भित्रमा घर बनाई हस्तान्तरण गर्ने सहारा नेपाल छानो कार्यक्रमका कन्ट्रिलिडर टिपि शर्मा कडेलले बताउछन् । यस प्रकारका कार्यक्रम यस अघिपनि विभिन्न स्थानियतह सँगको साझेदारीमा ६ सय वटा घर निर्माण गरीएको कडेलल बताए ।

घर पाउने भएपछि हर्षीत:-
विगत २५ बर्ष भन्दा वढि समय बसोबास गरेपनि आफनो घर बनाउन नसकेका परिवारले घर पाउने भएपछि उनिहरुको अनुहारमा हासो छाएको छ ।

हिउँदको जाडो तथा सितलहरमा कठ्याङ्ग्रीएर बस्नुको बिकल्प नभएको ११ नम्बर वडाकी मिठ्ठी माया बिक आफ्नो घर बन्ने भएपछी खुसिको सिमै नभएको बताउछीन् । उनि जस्तै मनमाया मगर, सुनिता लिम्बु, मिना कुमारी मगर, शुकमाया बिक जस्तै ३७ जनाको घर निर्माण हुने भएपछि उनिहरुको अनुहारमा हाँसो छाएको हो । अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.