Websoft University

विद्युत लाइन जडानमा ढिलाइ हुदा गुनासो बढ्दै,



काठमाण्डौ फागुन १९ गते । रातो तारा डट कम,बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर सातमा रहेको धम्नाँउमा विद्युत प्राधिकरण बझाङ शाखाको प्रमुख र ठेकेदारको लापरपाहिले विद्युत लाइन जडानमा ढिलाइ भएको छ । प्राधिकरण बझाङ शाखाका प्रमुख राकेश भट्ट र निर्माणको जिम्मा पाएको रकाल कन्टक्सनका ठेकेदार दिनेश बिष्टको लापरवाहिका कारण विद्युतको लाइन जडानमा ढिलाइ भएको हो । 

लाइन जडानको काम लगभग ९९ प्रतिशत सकिएको भए पनि अहिले गाँउमा बिजुली बल्न सकेको छैन । लाइन विस्तार भएको डेड महिना बितिसक्दा पनि  गाँउमा लाइन जडान हुन नसकेको स्थानीय गणेश वोहराले जानकारी दिनुभयो । लाइन विस्तारको जिम्मा पाएको रकाल कन्टक्सनका ठेकेदार बिस्टका अनुसार कहिले कामदारको अभावका कारण गाँउमा बिजुली वाल्ने काममा ढिलाइ भएको बताउनुभयो । 

विद्युत प्राधिकरण सुदुरपश्चिम प्रदेश, प्रादेशिक प्रमुख सतिस कुमार कर्णले बझाङ शाखाका प्रमुख राकेश भट्ट सँग यो बिषयमा कुराकानी गरेर पहल गर्ने बताउनुभयो । जिल्लामा राष्ट्रिय प्रशारण लाइन जडान भएको दुई वर्ष बितिसके पनि बझाङको सदरमुकाम चैनपुर नजिकै जोडिएको गाँउका स्थानियवासिन्दा अन्धकारमा बस्न बाध्य छन् । 

जिल्लाको जयपृथ्वी नगरपालिकाको सुवेडा, खगेडा, ज्वाडा, छयाला, कैलास पिमी, सुईल मयानाका वासिन्दा अन्धकारमा वस्न वाध्य भएका हुन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.