Websoft University

2020 को अन्तरास्ट्रिय गोल्डेन अवार्ड DVM स्कुललाइ


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,एडुक्सिया अनुसन्धान केन्द्र गोहाटीले यस वर्षको अन्तराष्ट्रिय गोल्डेन अवार्ड २०२० अन्तरगत नेपाल दयानन्द वैदिकमिसन ग्लोबल एकेडेमी इटहरी-९, सुनसरी लाई Institute of Potential Excellence Award-2020र सो विद्यालयका प्राचार्य डा वेणु प्रसाद सिटौला लाई Golden Global Teacher Award-2020 बाटसम्मानित गरेको छ । 

भारतको आशाम राज्यको गोहाटी विश्वविद्यालयमा भएको सो कार्यक्रममा नेपाल, भारतलगायत १५ वटा भन्दा बढी देशका प्रतिनिधिहरुको सहभागिता थियो । गोहटी विश्वविद्यालयको २ दिने उक्तकार्यक्रममा फेब्रुररी २२ का दिन विश्वका बिभिन्न अनुशन्धान कर्ताहरुले आआफ्नो अनुसन्धानमुलक कयापत्र प्रस्तुतगरेका थिए । सो कार्यक्रमको प्रमुख अतिथि गोहाटी वि. वि. का उपकुलापती हुनुहुन्थ्यो । त्यसैगरि कार्यक्रमको दोस्रो
दिन अवार्ड वितरण भएको थियो ।

 सो कार्यक्रम फिलिपिन्स्का मईकल मार्कोस, ओमानका सेख हसिम, नेपालका डा. बेणु प्रसाद सिटौला, बंगलादेशका डा. हमिमा, भारतका ब्रम्हकुमारी डा. सुनिता, एसोसिएट प्रो. डा. कमल गुलाठी, एसोसिएट प्रो डा. अरविंद घोस लगायत बिशेष व्यक्तिहरुको मनतब्य रहको थियो । कार्यक्रममा नेपालका प्रतिनिधिनेपाल दयानन्द वैदिक मिसन ग्लोबल का संचालक समितिका अध्यक्ष ध्रुब कुमार सुब्बा, प्र. श. मात्रिका प्रसाद आचार्य, प्राचार्य डा. बेणु प्रसाद सिटौला, सह प्राचार्य नारयण सुबेदी तथा संचालक समिति सदस्य सुर्य बहादुर रायमाझीलाई बिषेश प्रकारको आसमी छपी, आसमी गमुसा र सल ओढाएर सम्मान गरिएको थियो । 

यसै गरी नेपाल दयानन्द वैदिक मिसनका प्रतिनिधिहरुले एडुक्शिया अनुशन्धान केन्द्रका पदाधिकारीहरुलाई रुद्राक्षको माला र नेपाली ढाकाको खदा लगाएर सम्मान गरेका थिए । कार्यक्रममा माइकल मार्कोस, डा. सुनिता, डा. सुमन लगायतले धुब कुमार सुब्बा र मात्रिका आचार्यको टिमबाट अवार्ड ग्रहण गर्ने माग गरे अनुसार उनीहरुलाई नेपाल दयानन्द वैदिक मिसन ग्लोबल स्कुलको टीमले अवार्ड हस्तान्तरण गरको थियो । 

सो संस्थाले नेपाल दयानन्द वैदिक मिसन ग्लोबल एकेडेमीका प्राचार्य डा. बेणु प्रसाद सिटौलालाई औपचारिक पत्र पठाइ सो संस्थाको कार्यकारी अफिसरको पदमा अनुसन्धान कार्यमा संलग्न रहने गरी ५ वर्षको लागि नियुत्ती गरको छ । डा. सिटौलाका अनुसार उत्त संस्थासँग आबद्धता पछि हाल वहा ५ वटा उच्चस्तरिय भारतीय संस्थासँग अनुबन्धित हुनु भएको
छ । दयानन्द वैदिक मिसन शैक्षिक संस्था भारतको शिक्षा अधिकारी, राष्ट्रिय मनोबिज्ञान प्रतिश्ठान भारतको पुर्णकालिन सदस्य, अनुसन्धानप्रतिश्ठान भारतको कर्यकारी सदस्य, अन्तराष्टिय अनुसन्धान मुलक पत्रिका पुने रिसर्च भारतको पुर्णकालिन अतिथि सम्पादक र एडुकसिया अनुसन्धान केन्द्र गोहाटीको कार्यकारी अफिसर डा. बेणु प्रसाद सिटौलाद्वारा अनुबन्द्रित संस्थाहरु हुन् । 

डा. सिटौलाले यस अघि भारतका विभिन्न विश्वविद्यालयहरुमा आफ्ना अनुशन्धानमुलक कार्यपत्र प्रस्तुत गर्नुको साथै यु. ए. ई र थाइलेण्डमा समेत नेपालको प्रतिनिधित्व गरिसकेका छन् । उहाँका अनुसार मलेशिया,सिगापुर र ईटालिबाट कार्यपत्र स्वीकृत भइसकेको र जाने तयारी समेत भएको छ । 

स्वामी विवेकानन्द वि. वि. सागरम. प्र. भारतबाट विद्यावारीधि गर्नु भएका सिटौला भारतीय यस्ता लोकप्रिय र उच्च संस्थासँग आबद्ध हुनमा स्वामी _ विवेकानन्द वि. वि. भारतको अहम भूमिका रहेको बताउनुहुन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.