Websoft University

बेलायत तीन साताका लागि लकडाउन सरकारले गर्यो



काठमाण्डौ चैत १२ गते । रातो तारा डट कम,बेलायत तीन साताका लागि लकडाउन भएको छ । कोरोना भाइरस कोभिड १९ संक्रमण रोक्न बेलायत सरकारले यस्तो घोषणा गरेको हो । प्रधानमन्त्री बोरिस जोनसनले बेलायती जनतालाई अत्यावश्यक खाद्यान्न किनमेल, दैनिक व्यायाम, औषधि उपचार र अत्यावश्यक सेवामा काम गर्ने कर्मचारीबाहेक अरुलाई घरैमा बस्न निर्देशन दिनुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । नियम पालना नगर्ने मानिसहरुलाई दण्ड जरिवाना गर्न र भीडभाड हटाउन प्रहरीलाई अधिकार दिइएको पनि प्रधानमन्त्री बोरिसले जानकारी दिनु भयो । यस्तै कोरोना भाइरस कोभिड १९ संक्रमण रोक्न साउदी अरब सरकारले कफ्र्यु लगाएको छ । कफ्र्यु समय साँझ ७ बजेदेखि विहान ६ बजेसम्म रहेको छ । साउदी अरबमा करिब ४ लाख नेपाली कार्यरत छन् । कफ्र्यु २१ दिनसम्म लगाइने साउदी सरकारले घोषणा गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.