Websoft University

झापामा ७० जना क्वारेन्टाइनमा र एक जना आइसोलेशनमा



काठमाण्डौ चैत १२ गते । रातो तारा डट कम,कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन झापामा मात्रै ७० जनालाई क्वारेन्टाइनमा राखिएको छ । मेचीनगर ११ स्थीत धाइजन स्वास्थ्य चौकीमा तयार गरिएको क्वारेन्टाइनमा १९ जनालाई नगरपालिकाको ब्यवस्थापनमा राखिएको मेचीनगरका विपद ब्यवस्थापन समिति संयोजक टिकाराम मगरातीले जानकारी दिनु भयो । 

त्यस्तै मेचीनगर वडा नम्बर ४ को ब्यवस्थापनमा तयार गरिएको सरस्वती माविको क्वारेन्टाइनमा ५ जनालाई राखिएको मेचीनगर ४ का वडा अध्यक्ष नविन बरालले बताउनु भयो । त्यसैगरी जिल्लाका बिभिन्न स्थानमा ४६ जनालाइ होम क्वारेन्टाइनमा राखिएको छ । झापाका बिर्तामोड, बुधबारे, गौरादह, शिवसताक्षी र झापा गाउँपालिकामा स्थानीय प्रशासनको निगरानीमा होम क्वारेन्टाइनमा राखिएको झापा जिल्ला रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताउनु भयो । 

ढकालका अनुसार चैत ४ गते कतारबाट नेपाल आएका गौरादह ९ का एक ब्यक्तिलाई मेची अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार शुरु गरिएको छ । रेडक्रस झापाका अध्यक्ष ढकालका अनुसार क्वारेन्टाइनमा राख्नु पर्ने मानिसहरुको संख्या दैनिक बढ्ने सभ्भावना भएकाले अहिले जिल्लामा तयार गरिएका क्वारेन्टाइनले नपुग्ने भएकाले तत्काल अन्य स्थानहरुमा ठुलो मात्रामा मानिस राख्न सकिने गरी क्वारेन्टाइन तयार गर्न स्थानीय सरकारहरु गभ्भिर बन्नु पर्ने छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.