Websoft University

मोरङमा ४१ जनालाई क्वारेन्टाईनमा पठाईयो


बिराटनगर चैत  १२ गते । रातो तारा डट कम,विराटनगरको बसपार्क र जोगवनी नाकामा अलपत्र परेका ४१ जनालाई मोरङको टाँडी क्वारेन्टाईनमा पठाईएको छ । विराटनगरमा हिजो साँझ देखि अलपत्र परेका १० जना सहित नेपाल भारत सीमा क्षेत्र जोगवनीमा नेपाल प्रबेश गर्न नपाएका ३१ जना गरी ४१ जनालाई मोरङको टाँडीमा रहेको क्वारेन्टाईनमा पठाईएको छ । यी क्वारेन्टाईनमा लगिएकाहरु सबै भारतमा कामको सिलसिलामा गएर फर्किएकाहरु हुन् ।नेपाली शेनाले निर्माण गरेको क्वारेन्टाईनमा ती भारतबाट आएका ब्यक्तिहरुलाई लगिएको हो । सिमा नाकामा आएर अलपत्र परेका नेपालीलाई नेपाल प्रबेश गर्न दिने सरकारको निर्णय पछि उनीहरुलाई नेपाल प्रबेश गराए लगत्तै क्वारेन्टाईनमा राख्न पठाइएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो ।
त्यस्तै कतारबाट आएका रतुवामाईका एकजना र फ्रान्सबाट आएका सुनवर्सीका दुईजनालाई तत्काल ज्वरो नदेखिएकोले होम क्वारेन्टाईनमा राख्न भनिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.