Websoft University

एम्बुलेन्सको ठक्करबाट एक बृद्धाको मृत्यु


फाएल फोटो,
श्याम राई÷उदयपुर-गाईघाट, ८ गते। रातो तारा डट कम, एम्बुलेन्सको ठक्करबाट शुक्रबार साँझ एक बृद्धाको मृत्यु भएको छ । चुहाडेदेखि गाईघाटतर्फ आउँदै गरेको स १ झ ४७७ नम्बरको एम्बुलेन्सको ठक्करबाट त्रियुगा नगरपालिका–९ झिल्के टोलका ६२ बर्षिय तिलक दनुवारको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाईघाट–चुहाडे सडक खण्डको झिल्के टोलको सडक छेऊमा रोकी राखेको दुई वटा मोटरसाईकललाई ठक्कर दिएर बाटो छेऊमा बसीरहेका तिन जनालाई एम्बुलेन्सले ठक्कर दिएको थियो । एम्बुलेन्सको ठक्करबाट त्रियुगा नगरपालिका–९ का ३२ बर्षिय राम कुमार दनुवार र १४ वर्षिय रोशन दनुवारको अवस्था गम्भिर रहेकोले उपचारको लागि विराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी विर वहादुर बुढा मगरले बताए ।

ठक्कर दिने एम्बुलेन्सका चालक त्रिनपा ३ बस्ने वर्ष ३० संतोष खत्रीलाई जिल्ला प्रहरी कार्यालयल उदयपुरले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.