Websoft University

तीन ठाउँमा क्वारेन्टाइनस्थल तोकियो


काठमाण्डौ चैत ८  गते । रातो तारा डट कम,कोरोना भाइरसको संभावित संक्रमणको रोकथामका लागि ओखलढुंगा जिल्लाका तीन ठाउँमा क्वारेन्टाइनस्थल तोकिएको छ । जिल्ला स्तरीय कार्यान्वयन समितिको बैठकले ओखलढुंगा सामुदायिक अस्पताल, जिल्ला अस्पताल रुमजाटार र ओखलढुंगा क्याम्पस ओखलढुंगालाई क्वारेनटाइनस्थल तोकेको हो । 

आइसोलेसन निर्माणको संयोजनको जिम्मा सिद्धिचरण नगरपालिका, रुम्जाटार अस्पताल, ओखलढुंगा सामुदायिक अस्पताल, स्वास्थ्य कार्यालय रुम्जाटार र नेपाल रेडक्रस सोसाइटीलाई दिइएको छ । बैठकबाटै सबै पालिकाका कार्यालयलाई आआफ्नो क्षेत्रमा रहेका कम्तीमा एक विद्यालयलाई आइसोलेसन तोकी आवश्यक व्यवस्थापन गर्न निर्देशन दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो । यसैबिच ओखलढुंगाका स्थानीय हाटबजारहरु आंशिक रुपमा बन्द गरिएको छ । 

विश्वमा महामारीको रुपमा फेलिएको कोरोना भाईरस (कोभिड १९) को त्रास बढेसँगै जिल्लाका स्थानीय हाटबजारहरु आंशिकरुपमा बन्द गर्ने निर्णय गरिएको हो । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका र सिद्धिचरण नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर स्थानीय उत्पादनका तरकारी र खाद्य वस्तु बाहेकका सामाग्री हाटबजारमा बेच्न नपाईने जनाएका छन् । कोरोनाको त्रास बढेसँगै मानिसको बढि मजघट हुने सदरमुकाम सहित जिल्लाका मुख्य तथा सहायक व्यापारिक केन्द्रहरुमा मानिसको चहल पहल घटेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.