Websoft University

ट्राफिकले एक महिनामा ५० हजार भन्दा बढि राजश्व संकलन गरे


काठमाण्डौ चैत्र ३ गते । रातो तारा डट कम,बाजुराको पिलुचौरमा अस्थाई रुपमा ट्राफिक प्रहरी खटिए पछि गैर कानुनी रुपमा सञ्चालन हुने सवारी  साधनमा उल्लेख्य सुधार आएको छ । यस अघि जथाभावि सञ्चालन हुदै आएका सवारी सधानले दुर्घटना निम्त्याएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराले ट्राफिक प्रहरी खटाएको एक महिनामा ८५ वटा सवारी साधनलाई कारवाहि गरेको छ । 

ट्राफिक प्रहरी पिलुचौरमा खटिएको एक महिनामा यात्रु बाहाक जिप, ट्याक्टर, मोटरसाइकल गरी सो संख्यामा कारवाहिमा परेको र जसवाट ५० हजार बढी राजस्व संकलन भएको ट्राफिक प्रहरी लम्वोधर नायकले जानकारी दिनुभयो । पहिलेको भन्दा हिजो आज दैनिक जसो सवारी साधान चलाउने क्रममा निकै सुधार आएको स्थानीयले बताएका छन् । अहिले अस्थाई ट्राफिक प्रहरी पिलुचौरले जिल्लाको कोल्टी, धुलाचौर, पिलुचौर र सदरमुकाम मार्तडी जाने आउने सवारी सधानमा विशेष निगरानि बढाएको छ ।

कर्णाली करीडोर अन्र्तगत कालिकोट, हुम्ला, मुगु र कोल्टी देखि सदरमुकाम मार्तडी सम्म कच्ची सडकमा छोटो दुरीका सवारी साधान सञ्चालनमा रहेका छन् । जिल्ला स्थित नागरिक समाजले सवारी साधनको जथाभावि सञ्चालन भएको, गाडी मालिकले नै गाडी चलाउने गरेको र यसले दुर्घटना हुन सक्ने जोखिम निम्त्याएको भन्दै जिल्ला प्रहरी र प्रशासन कार्यालयलाई ट्राफिक प्रहरी खटाई दिन आग्रह गरेका थिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.