Websoft University

लागुऔषध सहित ३ जना पक्राउ


बिराटनगर, चैत्र ३ गते । रातो तारा डट कम,मोरङ र सुनसरी जिल्लाका २ स्थानबाट नियन्त्रीत लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । 

आईतवार बेलुका पौने ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका-१५ का २२ बर्षीय निशान लिम्बुलाई नटफिन-५० पिस,डाईजोल्याप-५० पिस र एभिल-५० पिस सहित बिराटनगरको सजिलो बजार छेउबाट पक्राउ गरेकोहो । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ बाट २ जनालाई पक्राउ गरेको छ । 

बिशेष सूचनाको आधारमा उक्त स्थानमा खटिएको टोलीले को ३५ प ६४१८ नम्बरको मोटरसाईकलमा सवार रहेका भोक्राहा नरसिंह गाउँपालिका-४ का २४ बर्षीय अरुण यादव र सप्तरीको छिन्नमस्ता गाउँपालिका-४ का २० बर्षीय बिबेक यादवको साथबाट नाईट्रोभेट ७५० क्याप्सुल, स्पास्मोप्रोक्सिवन ११६० क्याप्सुल र डाईलक्स डि.सी. १०० एम.एल.को २९ बोतल बरामद गरेको हो । 

लागुऔषध सहित पक्राउ परेका ३ नै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.