Websoft University

जुगल गाउँपालिकामा साना ठूला गरी १३ ओटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन तर काम भने सुस्त


काठमाण्डौ चैत्र ३ गते । रातो तारा डट कम,सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा साना ठूला गरी १३ ओटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । तर, ती आयोजनाको काम भने सुस्त गतिमा रहेको पाइएको छ । जिल्लामा सबैभन्दा बढी जलविद्युत् आयोजना निर्माणाधीन रहेकोे जुगल गाउँपालिकामा केही अवाञ्छित गतिविधिमा संलग्न तत्वको अमूर्त मागका कारण विद्युत्का लगानीकर्ता हच्किएका व्यवसायी रेशम स्याङ्बोले बताउनुभयो ।

लगानीकर्ताको मनोबल बढाउन सरकारले सुरक्षा व्यवस्थामा ध्यान दिनुपर्ने खाँचो रहेको उहाँले बताउनुभयो । स्थानीयको अवरोध र राजनीतिक खिचातानीले विद्युत् खरीद सम्झौता (पीपीए) सम्पन्न भइसकेका ती जलविद्युत् आयोजनाको काममा प्रगति हुन नसकेको हो ।

गाउँपालिकाभित्र अपर ब्रह्मायणी १५ मेगावाट, इन्टिग्रेटेड हाइड्रो ३५ मेगावाट, बलेफी हाइड्रोपावर लिमिटेड ४६ मेगावाट, बिजी हाइड्रोपावर प्रालि ३५ मेगावाट, अपर बलेफी हाइड्रोपावर लिमिटेड ३६ मेगावाट पीपीए भएर निर्माणको क्रममा छन् । यी आयोजनामध्ये सबैभन्दा बढी काम गरेको अपर बलेफीले ७० प्रतिशत काम सम्पन्न भएको छ ।  

त्यसैगरी ग्रीनभेन्चर पावर लिमिटेड २३ दशमलव ५ मेगावाट, मुनलाइट हाइड्रो २२ मेगावाट, याम्बालिङ हाइड्रो ७ दशमलव ८ मेगावाट, घट्टेखोला साना जलविद्युत आयोजना ९७० किलोवाट, राइजिङ हाइड्रो ९९० किलोवाट, सेवा हाइड्रो प्रालि १ दशमलव ५ मेगावाट, सिन्धुज्वाला हाइड्रोपावर लिमिटेड ६५ मेगावाट र ४३ मेगावाट क्षमताको लोअर नेसम हाइड्रोपावर लिमिटेडले निर्माणको कामलाई सशक्त रूपमा अगाडि बढाउन सकेका छैनन् । 

जुगलकै वडा नं ५ मा युनिक हाइडेल ४ दशमलव २ र ३ दशमलव २ मेगावाट क्षमता भएको गेलुङखोला हाइड्रोपावर प्रालिले उत्पादन शुरू गरेका छन् । ट्रान्समिशन लाइनमा स्थानीयको विरोधले गेलुङखोला हाइड्रोपावरबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारणमा जोड्न समस्या परेको छ । आयोजनालाई नै प्रभावित पार्ने गरी केही स्थानीयले राजनीतिक पूर्वाग्रहमा विभिन्न माग राख्दै अवरोध गरिरहेको आयोजनाका अध्यक्ष चूर्णप्रसाद श्रेष्ठले बताउनुभयो ।   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.