Websoft University

बिराट एक्स्पो २०७६- फागुन २ गते देखि १० गते सम्म स्थानीय शंकरपुर मार्ग, विराटनगरमा आयोजना हुने


बिराटनगर माघ २९ गते । रातो तारा डट कम, बिराट एक्स्पो २०७६- फागुन २ गते देखि १० गते सम्म स्थानीय शंकरपुर मार्ग, विराटनगरमा उद्योग संगठन मोरंङ आयोजनामा लाग्ने भएको छ। बिराट एक्स्पो २०७६ को फागुन  २ गते प्रमुख अतिथि माननीय अर्थ मन्त्री डा. युवराज खतिवडाले समुद्घाटन गर्नु हुनेछ ।

कार्यक्रममा  प्रवद्र्धक नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं. १, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नंं १, विराटनगर महानगरपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ सहयोगी संस्था  मोरंङ व्यापार संघ
मुख्य प्रायोजक ःनोवल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.लि.सह–प्रायोजक ः दुगड फुड एण्ड स्पाईसेस प्रोडक्टस प्रा.लि.प्रायोजक ः टोयोटा मोटर्स, एम.एम. ग्रुप, पशपति टिएमटी वार, सामे ट्रेक्टर्स, वागमति प्लाष्टिक्स, पि.एल.ओ लुव्रिकेन्टस, कन्ट्रोल लुव्रिकेन्टस, हुलास खाधान्न, कावरा जि ग्रुप, हुण्डाई मोटर्स, नेशनल मोटर्स, अन्नपूर्ण सिमेन्टस,
आधिकारीक वैंक ,एन.आई.सी. एशिया आधिकारीक विमा  एन.एल.जी इन्स्युरेन्स,म्यासेज पार्टनर , नेपाल टेलिकम
आधिकारीक होटल, होटल रत्ना प्रा.लि,अन्तर्राष्ट्रिय स्तरको विराट एक्स्पो २०७६ (कृषि तथा औद्योगिक प्रदर्शनी)मा सहभागी रहनेछ ।

उद्देश्य -
औद्योगिक उत्पादन र प्रविधि प्रवद्र्धन, कृषि क्षेेेेत्रमा गुणस्तरीय र व्यवसायीक उत्पादनमा जोड, कृषिमा यान्त्रिकीकरण, उत्पादक र उपभोक्ता वीचको सम्वन्ध विस्तार, सम्भावित वजार र लाभका क्षेेेेत्रको पहिचान, पर्यटन प्रवद्र्धन, उत्पादकहरु वीच स्वस्थ्य प्रतिष्पर्धा, लगानी मैत्री वातावरण निर्माणमा सहयोगका साथै शिक्षा स्वास्थ्य, वैंक तथा विक्तिय क्षेेेेत्रको गतिविधि वारे जानकारी दिने प्रमुख उद्देश्यका साथ पौराणीक एवं औद्योगिक नगरी तथा प्रदेश नं. १ को राजधानी विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको विराट एक्स्पो २०७६ (कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी) आयोजना गर्न लागिएको छ ।

प्रदर्शनीको मुख्य आकर्षणहरु -
जुम्लाको स्याउ, मार्सि चामल, हिमाली उत्पादन, पोखराको पाउ, तेह्रथुमको ढाका, उदयपुरको खरायो, वरमझियाको पेडा, सुपारीको टपरी, ईलामको ललिपप, अर्गेनिक, ग्रिन र अर्थोडक्स चिया, किवि, तेह्रथुम र संखुवासभाको अल्लो, हस्तकला, कृषि यन्त्रहरु, वैंक तथा विक्तिय संस्थाहरु सेवामुलक उद्योगहरुको स्टलहरुका छुट्टै पेभेलियनको व्यवस्था,

नेपालका प्रतिष्ठित उद्योग÷व्यवसायका दैनिक उपभोग्य वस्तु तथा उत्पादनहरु, सूचना प्रविधि, गार्मेन्टस तथा जुत्ता चप्पलहरु, ईलेक्ट्रोनिक्स तथा ईलेक्ट्रिकका सामानहरुको छुट्टै पेभेलियनका साथै भारत, पाकिस्तान र वंगलादेशका गार्मेन्ट, किचन सामाग्रि तथा औद्योगिक उत्पादनहरुको स्टल समेतको छुट्टै पेभेलियनको व्यवस्थाका साथै अटोमोवाईल्सको अलग्गै परिसरको व्यवस्था गरिएको छ ।

यसका अतिरिक्त हेलिकप्टरबाट विराटनगर अवलोकन, पाथिभरा दर्शन, हात्तीको सवारी र वालवालिकाका लागि फनपार्कका साथै अस्ट्रिचका साथै ६० प्रजातिका चराहरु राखिने छ भने नेपाली सेनाको सर्पदंश, ट्राफिक सचेतना, रोजगार सूचना केन्द्रको व्यवस्था तथा भ्रमण वर्षको प्रवद्र्धनका लागि पूर्व क्ष्ँेत्रका पर्यटकीय गन्तब्यको जानकारीहरु एक्स्पोमा राखिने छ ।

प्रदर्शनीबाट सहयोग पुग्ने-
औद्योगिक वस्तुको वजार प्रवद्र्धन, औद्यौगिक क्षेत्रको सूचना प्रवाह, नया“ प्रविधि र उत्पादनबारे जानकारी, औद्योगिक विकासमा टेवा, कृषिको व्यवसायीकरण, पर्यटन प्रबद्र्धन, उत्पादक र उपभोक्ता बीचको सम्वन्ध बिस्तार, उपभोक्ताहरु बीच सचेतनाका साथै उपभोक्ताको चाहना र रुची वारे जानकारी लिई नया“ वस्तु विकास गर्ने अवसरका लागि सहयोग पु¥याउने छ ।

यसैगरी एक्स्पो अवधिमा विजनेश टु विजनेश, विजनेश टु कन्जुमर, विजनेश टु गर्भमेन्ट गरि तिनै तहको सहकार्य र सम्वन्ध विस्तार गरी औद्योगिक विकासमा टेवा पु¥याउने लक्ष्य लिईएको छ

प्रदर्शकका लागि अवसरहरु-
आप्mना उत्पादन बारे उपभोक्ताहरु बीच जानकारी, उत्पादनको व्यवसायिकरण तथा प्रचार प्रसार, आप्mना उत्पादनहरुको वजार प्रबद्र्धनमा सहयोग, लक्षित ग्राहक पहिचानमा सहयोग, उपभोक्ता बीच सम्बन्ध विस्तार, नया“ प्रविधि तथा सेवाहरु बारे जानकारी गराउने अवसर प्राप्त हुनेछ ।
स्टल दर (प्रति स्टल)
प्रवेश शुल्क - रु. ५०÷–
विद्यार्थीका लागि रु. २५- (परिचय पत्र अनिवार्य)
जेष्ठ नागरिकका लागि प्रवेश निःशुल्क)

प्रदर्शनीमा ३×३ मिटरका स्वदेशी तथा विदेशी गरि ३१५ स्टल भनिएतापनि प्रदर्शकहरुको रुची र चाहना वमोजिम २५ स्टल थप गरि ३४० वटा निर्माण गरिएको छ भने जसमा ४० स्टल अन्र्तर्राष्ट्रिय, कृषि, घरेलु तथा हस्तकलाका ६०, औद्योगिक उत्पादनहरुका १६०, अटोमोवाईल्स ३८, खाद्यान्नका १२ स्टल, वैंक तथा विक्तिय संघ÷संस्था, सूचनामूलक जनचेतामूलकका २० स्टल, फुडका १० स्टल रहेका छन भने सम्पूर्ण स्टलहरु वुक भई सम्पूर्ण तयारी सकिएको छ ।

९ दिन सम्म संचालन हुने प्रदर्शनीमा मोरंग, सुनसरी, सप्तरी, झापा, सिरहा, उदयपुर, प्रदेश नं. १ बाट सर्वसाधारण, उद्योगी÷व्यवसायिहरु, विधार्थीहरु, कृषकहरुको साथै छिमेकी मुलुक भारतको बिहारको समेत गरी करिब ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिईएको छ ।

प्रदेश नं. १ को औद्योगिक एवं व्यापारिक गतिविधिलाई चलायमान वनाई समग्र प्रदेश नं. १ को आर्थिक गतिविधि र विकासमा टेवा पु¥याउन आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय स्तरको विराट एक्स्पो २०७६ (कृषि तथा औद्योगिक प्रदर्शनी) को सफलताले प्रदेश कै गौरव र प्रतिष्ठा अभिवृद्धि गर्ने भएकाले यस एक्स्पोको प्रचार प्रसारमा सहयोग पु¥याई दिनुहुन सम्पूर्ण संचारकर्मीज्यूहरुमा आयोजक संस्था उद्योग संगठन मोरंगका तर्फबाट हार्दिक अनुरोध  गर्दछौं ।
भोलेश्वर दुलाल                                                               भीम घिमिरे
 संयोजक                                                                     अध्यक्ष्
विराट एक्स्पो २०७६ (कृषि तथा औद्योगिक प्रदर्शनी)                             उद्योग संगठन मोरंग



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.