Websoft University

न्यूरो हेल्थ कलेजको स्पोर्टस मिट सम्पन्न,खेलकुदले मानसिक एवम शारिरिक विकास हुन्छ ः राजेश भट्टराई



काठमाण्डौ माघ २९ गते । रातो तारा डट कम,न्यूरो हेल्थ कलेजका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले पठनपाठनका साथै अतिरिक्त क्रियाकलाप सहित शारिरिक विकासका लागि खेलकुद आवश्यक रहेको बताए । एक कायक्रमका बिच उनले बिद्यार्थीहरुमा खेलकुदले मानसिक एवम शारिरिक विकास हुने गरेका बताए ।

न्यूरो हस्पिटलद्वारा संचालित न्यूरो हेल्थ कलेजमा बुधबार,  भलिबल , कब्बडी , एथेलेटिक्स लगायतका खेल सम्पन्न भएसँगै तिन दिने स्पोर्टस मिट सम्पन्न भएको कलेज प्रशासनले जानकारी दिए । सो ३ दिने स्पोर्टस मिट अन्तर्गत विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई समापनका अवसरमा पुरस्कृत गरियो ।

स्पोर्टस मिटमा विद्यार्थीहरुविच विभिन्न खेलकुदका विद्यामा प्रतिस्पर्धा गराई सम्पन्न भएको हो ।  स्पोर्टस मिटमा न्यूरो हेल्थ कलेजमा अध्यन्नरत विद्यार्थीहरुले मिहिला—पुरुष दुबै तर्फ एथलेटिक्स , कब्बडी , भलिबल ,ब्याटमिण्टन , चेस , क्यारमबोर्ड , हाजरी ज्वाफ प्रतियोगिता साथै , निबन्ध प्रतियोगिता विद्यामा प्रतिस्पर्धा गराइएको थियो ।

विजयी विद्यार्थिहरुलाई न्यूरो कलेजका , कलेज प्रमुख टिका निरौलाले बिभिन्न बिद्याका बिद्यार्थीहरुलाई प्रमाण पत्र र पुरुस्कार सहित पुरुस्कृत गरे । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.