Websoft University

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल खेल आज बराबरीमा टुगियो


काठमाण्डौ माघ २९ गते । रातो तारा डट कम,सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज जावलाखेल र शेर्पाले ३–३ गोलको रोमान्चक बराबरी खेलेका हुन् । जावलाखेलका लागि कुबेर बिष्ट, फोडे फोफाना र रुप बहादुर लामाले एक एक गोल गर्नुभयो । शेर्पाका स्टेफेन समिरले दुई गोल गर्दा विजय श्रेष्ठले एक गोल गर्नुभयो । बराबरीसँगै जावलाखेलले १२ खेलमा १९ अंक जोडेको छ । जावलाखेल लिगको पाँचौं स्थानमा रहेको छ । लिगको १२ खेलमा ११ अंक जोडेको शेर्पा ११ औं स्थानमा रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.