Websoft University

प्रदेश १ सरकारले ९० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई पाँच हजार नगदसहित सम्मान गर्यो


बिराटनगर माघ २९ गते । रातो तारा डट कम,प्रदेश १ सरकारले ९० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई पाँच हजार नगदसहित सम्मान गरेको छ । बिहीबार विराटनगरमा औपचारिक कार्यक्रमको आयोजना गरि ज्येष्ठ नागरिक सम्मान कार्यक्रमको थालनी गरिएको हो ।

संघीय संरचनापछि प्रदेश १ सरकार गठन भएको एकवर्ष पूरा गरेको अवसरमा गतवर्ष सरकारले ज्येष्ठ नागरिकको सम्मान र प्रोत्साहन गर्ने घोषणा गरेको थियो ।

त्यस कार्यक्रमको कार्यन्वयन गर्दै बुधबार विराटनगरबाट चारजना ज्येष्ठ नागरिकलाई मुख्यमन्त्रीले नगद पाँच हजारसहित सम्मान गर्नु भएको हो । कार्यक्रमको शुभारम्भसँगै अब प्रदेश १ का १३७ स्थानीय तहका ९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई पाँच हजार नगदसहित सम्मान गरिने भएको छ ।

मसख्यमन्त्री राईले विराटनगर–७ निवासी १०४ वर्षिया चित्रलेखा श्रेष्ठ, विराटनगर–३ निवासी १०० वर्षिया कृष्णमाया खड्का, नारायणप्रसाद रेग्मी र विराटनगर–९ निवासी शुभकुमारी उपाध्यायलाई मुख्यमन्त्री राईले सम्मान गर्दै प्रोत्साहन दिनु भएको थियो ।

सरकारले स्थानीय तहमा प्रोत्साहन रकम पठाउनका लागि तथ्यांक माग गरिरहेको छ । अहिलेसम्म ४३ स्थानीय तहबाट दुईहजार ६०० ज्येष्ठ नागरिकको तथ्यांक सामाजिक विकास मन्त्रालयलाई प्राप्त भईसकेको सामाजिक विकास जीवन घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रम शुभारम्भ गर्दै मुख्यमन्त्री राईले ज्येष्ठ नागरिकको सम्मान गर्नु कर्तव्य मान्ने बताउनुभयो । तीनै तहका सरकारको कर्तव्य हुने बताउँदै संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो योजनामा ज्येष्ठ नागरिकको संरक्षण गर्ने उहाँको जोड थियो ।

मुख्यमन्त्री राईले २५ वर्ष अगाडी पूर्व प्रधानमन्त्री स्वर्गिय मनमोहन अधिकारीले सुरु गर्नु भएको कार्यक्रम विश्वमै नमूना रहेकोले तीन तहका सरकारले निरन्तरता दिएको बताउनु
भयो ।

प्रदेशभरीका ज्येष्ठ नागरिकलाई प्रोत्साहनसँगै दाँत उपहार दिने कार्यक्रम सरकारले अगाडी बढाएको बताउँदै उहाँले संघीयताको अनुभूति हुने गरिका योजना अगाडी सारिनेमा जोड दिनुभयो । संघीयताले राज्यको सेवा र सुविधा प्रत्येक नागरिकको घरसँग जोडेको बताउँदै मुख्यमन्त्री राईले ज्येष्ठ नागरिकको गुनासो सुन्ने संयन्त्र बनाएर आगनमै पठाउने दावी समेत गर्नुभयो ।

यसैगरी सामाजिक विकास मन्त्री जीवन घिमिरेले मन्त्रालयले ज्येष्ठ नागरिकको अवस्था अध्ययनका लागि कार्यदल बनाएर सुझाव संकलन गरिसकेकोले आगामी दिनमा त्यसैका आधारमा ऐन ल्याउने बताउनुभयो । सरकारसँग ज्येष्ठ नागरिकको तथ्यांक संकलन भईसकेको बताउँदै कानुनले तोकेका अधिकारको सुनिश्चित गरिने दावी गर्नुभयो ।

प्रदेश सरकारले मोरङको ग्रामथानमा ज्येष्ठ नागरिक ग्राम निर्माणको प्रक्रिया बढाईसकेको बताउँदै प्रत्येक स्थानीय तहमा सेवा केन्द्र स्थापना गरिने बताउनुभयो । यसैगरी अस्पताल र यातायातमा ज्येष्ठ नागरिकले पाउने सुविधा कार्यन्वयनमा कडाई गरिएको बताउँदै मन्त्री घिमिरेले कसैले तोकिएको सुविधा नदिए नजिकको प्रहरी वा मन्त्रालयमा सम्पर्क गर्नका लागि अपिल समेत गर्नुभएको थियो ।

कार्यक्रममा ज्येष्ठ नागरिक प्रदेश १ का अध्यक्ष भवानी शेखर दाहालले प्रदेश सरकार वर्तमान सरकार ज्येष्ठ नागरिकप्रति उदार रहेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई प्रोत्साहन र सम्मानसँगै उनीहरुको अनुभवलाई व्यवहारिक रुपमा प्रयोग गर्नका लागि आग्रह समेत गर्नुभयो । 

मोरङका अध्यक्ष जगत अर्जेलले नेपालमा ज्येष्ठ नागरिकको सम्मान विश्वमै नमूना रहेको बताउनुभयो । उहाँले मनमोहन अधिकारीले सुरु गर्नु भएको उदार विचारले नेपालमा ज्येष्ठ नागरिकको दुःख सरकारसँग बाँडिने गरेको बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.