Websoft University

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पाले जित हात पार्यो


काठमाण्डौ माघ २५ गते । रातो तारा डट कम,सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ । ललितपुरको एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा शेर्पाले च्यासललाई ३–२ गोल अन्तरले हराएकोहो ।

शेर्पाको जितमा विजय गुरुङले दुई तथा त्रिदेव गुरुङले एक गोल गर्नुभयो । च्यासलका हायातु वाकिनोले दुई गोल फर्काए पनि हार टार्न सक्नु भएन । शीर्ष ६ मा स्थान बनाउन संघर्षरत च्यासलमाथि जित निकाल्दै शेर्पा क्लब दुई खेल अगावै रेलिगेशनबाट जोगिएकोछ । च्यासलको भने शीर्ष ६ मा पर्ने सम्भावना कमजोर बनेको
छ ।

जितसँगै शेर्पा ११ खेलबाट १० अंक जोड्दै तालिकाको ११ औं स्थानमा उक्लिएको छ । च्यासल १२ अंक सहित तालिकाको दशौं स्थानमा यथावत छ । यस्तै आजै भएको अर्को खेलमा जावलाखेलले फ्रेन्ड्सलाई १–० गोल अन्तरले हराएको छ । जितसँगै जावलाखेल लिग तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । जावलाखेलले शीर्ष ६ भित्र रहँदै लिगको अन्त्य गर्ने सम्भावना बलियो बनाएको छ । फ्रेन्ड्स भने १४ अंक सहित तालिकाको नवौं स्थानमा रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.