Websoft University

बिराटनगर महानगरपालिकाको कार्यवाहक प्रमुख ईन्दिरा कार्कीले हात्तिपाईलेको औषधि खाएर कार्यक्रमको उद्घाटन गर्नुभयो - आजैबाट खुवाउन सुरु


विराटनगर, माघ २५ गते । रातो तारा डट कम, हातिपाइले रोग बिरुद्धको औषधी खुवाउने अभियान सुरु भएको छ । मोरङ विराटनगर महानगर नगरपालिकाका १९ वटै वडाहरुमा स्वास्थ्यकर्मी निगरानीमा औषधी खुवाउन थालिएको हो । शनिबार महानगर परिसरमा एक समारोहका विच महानगरका कार्यवाहक प्रमुख ईन्दिरा कार्कीले हात्तिपाईलेको औषधि खाएर कार्यक्रमको उद्घाटन गर्नुभयो । 

अघिल्ला वर्षहरुमा पनि निरन्तर खादै आएको र सबैले हातिपाइलेबाट बच्नका लागि अनिवार्य औषधी सेवन गर्न कावा प्रमुख कार्कीले अनुरोध गर्नुभयो । विश्व बजारबाट गुणस्तर मापन गरेर तयार गरिएको औषधी अनिवार्य रुपमा सेवन गर्न उहाँँको सुझाव थियो । धिमालसंगै वडा सदस्यहरुले पनि औषधी सेवन गरेर सबै वडाबासीले औषधी सेवन गर्न अनुरोध गरेका छन् । 

वडाका विभिन्न टोलहरुमा महिला स्वास्थ्य सयमंसेविकाहरुको सहयोगमा तालिम प्राप्त स्वास्थ्यकर्मीले औषधी वितरण गरिरहेको महानगरका स्वस्थ्य शाखा प्रमुख रमेश कार्कीले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.