Websoft University

नेकपाले गठन गरेको एमसीसी कार्यदलले काम सुरु गर्यो


काठमाण्डौ माघ २० गते । रातो तारा डट कम,सत्तारुढ नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) परियोजनाको बारेमा अध्ययन गर्न बनाएको कार्यदलले काम सुरु गरेको छ । कार्यदलको पहिलो बैठक आज सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बसेको हो । 

नेकपाको केन्द्रीय कमिटीको बैठकले हिजो वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा स्थायी समिति सदस्यद्वय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेता भीम रावल सदस्य रहेको समिति गठन गरेको थियो । यो कार्यदललाई १० दिनको समय दिइएको छ । 

कार्यदलले एमसीसीको सम्बन्ध अमेरिकी सैन्य रणनीतिक परियोजना इन्डो प्यासिफिकसँग भएनभएको लगायतका बारेमा अध्ययन गरेर केन्द्रीय सचिवालयमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको छ । सडक र विद्युत परियोजनामा लगानी गर्नका लागि अमेरिकाले ५० अर्बभन्दा बढी सहयोग गर्न लागेको हो । उक्त परियोजनाका कतिपय बुँदामा नेकपाभित्र मतभिन्नता छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.