Websoft University

संविधान संसोधन गर्ने तर्फ सरकार अग्रसर नभए पछि पाटीले सरकार छोड्यो - उपेन्द्र यादव



श्याम राई-गाईघाट माघ २० गते । रातो तारा डट कम, समाजवादी पाटीका अध्यक्ष उपेन्द्र यादवले संविधान संसोधन गर्ने तर्फ सरकार अग्रसर नभए पछि पाटी सरकार बाट बाहिरिएको बताएका छन् ।

संविधान संसोधन गर्ने सर्तमा समाजवादी पाटी सरकारमा सामेल भएको तर सरकार संविधान संसोधनमालचिलो नभएको कारण बाध्य भएर पाटी सरकार छाडेको उल्लेबताए । पाटी कार्यकर्ता प्रशिक्षणको सिलसिलामा गाईघाट आइपुगेका अध्यक्ष यादवले सोमवार आयोजित पत्रकार सम्मेलनमा संविधान संसोधन यति खेर मुलुकको आवश्यक्ता रहेकोले सरकारले हड त्याग्नु पर्ने बताए ।

उनले आर्थिक सामाजिक रुपान्तरन हुन नसकेकोले मुलुक दिशा हिन बन्दै गइरहेको अवस्थामा बर्तमान निर्वाचन प्रणालीमा संसोधन गरिनु पर्ने बताए । उनले बर्तमान अवस्थामा हरेक क्षेत्रमा भ्रष्टचार मौलाएको सुशासन कायम हुन नसकेको कारण सरकार पूर्णरुपमा असफल रहेको
बताए ।

अध्यक्ष यादवले कानुन निर्माणमा संविधानको भावना विवरित भएकोले सरकार सर्वसत्तावाद तर्फ उन्मुख बन्दै गइरहेकोले मुलुकमा अप्ठेरो अवस्था श्रृजना भएको बताए ।
राष्ट्रिय जनता पाटी र समाजवादी विचको पाटी एकिकरण अन्तिम चरणमा पुगेकोले अव चाडैने दुवै पाटी एक हुने उनले बताए । 

उनले अमेरिकी सहयोग एमसीसी लाई विवादित नवनाई तत्काल संसद बाट पारित गर्नु पर्ने बताए । सरकारले एमसीसीको विषयलाई संसदमा टेवल गरे पाटीले तत्काल समर्थन जनाउने उनले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.