Websoft University

मकैको विउ किसानलाई ५० प्रतिशत सरकारले अनुदान दिने



काठमाण्डौ माघ २१ गते । रातो तारा डट कम,बर्दियाको बाँसगढी क्षेत्रका किसानलाई अनुदानमा मकैको विउ वितरण गर्न थालिएको छ । बसन्ते मकै खेतीका लागि बाँसगढी नगरपालिकाको कृषि विकास शाखाले किसानलाई ५० प्रतिशत अनुदानमा हाईव्रेड र उन्नत जातको मकैको विउ वितरण गर्न थालेको हो । 

खाद्यान्न बाली मध्य दोस्रो बालीको रुपमा रहेको मकै खेतीतर्फ किसानलाई आकर्षित गर्न र बढीभन्दा बढी मकै उत्पादन गरी किसानको आयस्तर बढाउन मकैको विउ वितरण गरिएको नगरपालिको कृषि विकास शाखाले जनाएको हो । नगर प्रमुख सालिकराम अधिकारीले मकै खेतीलाई उत्पादनमुखी बनाउन किसानसँग अनुरोध गर्नुभयो । 

आठ कुइन्टलभन्दा बढी मकैको विउ कृषकलाई वितरण गर्ने लक्ष्य राखिएको कृषि विकास शाखा बाँसगढीका प्रमुख लालबहादुर खड्काले बताउनुभयो । उहाँले बाँसगढी नगरपालिका अन्तरगत पर्ने एक देखि नौ वडाका कृषकको माग अनुसार ५० प्रतिशत अनुदानमा कञ्चन र राजकुमार जातको हाईव्रेड र अरुण जातको उन्नत जातको मकैको विउ वितरण गरिने बताउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.