Websoft University

अख्तियारले खगेन्द्रप्रसाद रिजालविरुद्ध ५ वटा मुद्दा दायर गर्यो



काठमाण्डौ माघ २१ गते । रातो तारा डट कम,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध पाँचवटा मुद्दा दायर गरेको छ । आयोगले विषेश अदालत काठमाडौंमा चार वटा घूससम्बन्धी र एउटा अनुगमनमै नगई भत्ता बुझेको आरोपमा मुद्दा दायर गरेको हो । 

आफ्नो कार्यक्षेत्रभित्रका बिभिन्न मुद्दासम्बन्धी केश लाग्छ भन्दै कारागारको डरत्रास देखाएर फरक फरक सेवाग्राहीसँग पटक–पटक गरी ५०, हजार, ९०, हजार, ३५, हजार, र चार लाख लिएको पाइएको आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो । अनुगमनमा नगई कार्यालय बसेर अनियमित तरिकाले ७७ हजार ६ सय बुझेको आरोप पनि लगाइएको छ । 

आरोपपत्रमा जम्मा बिगो ६ लाख ५२ हजार ६ सय कायम गरिएको प्रवक्ता कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका आरोपितसँग घूस लिएको आरोपमा रिजाललाई गत पुस १५ गते अख्तियारले नियन्त्रणमा लिएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.