Websoft University

लागुऔषध सहित २ जना पक्राउ


बिराटनगर, माघ २१ गते । रातो तारा डट कम,मोरङको बिराटनगर महानगरपालिका-१५ हुलास चोकबाट लागुऔषध सहित १ जनालाई प्रहरी पक्राउ गरेको छ ।

सोमवार दिउँसो ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतको टिलुलिया बस्ने २१ बर्षीय जय दत्तलाई लुपिजेसिक १९ एम्पुल, एभिल १५ एम्पुल, डाइजोल्याब १५ एम्पुल सहित पक्राउ गरेको हो ।

शंकास्पद अवस्थामा हिडिरहेका दत्तलाई चेकजाँच गर्दा कम्मरको भागमा टेपले लुकाई छिपाई बोकेको अवस्थामा निजलाई पक्राउ गरिएको हो । यसैगरी उदयपुरको त्रियुगा नगरपालिका-१३ का २६ बर्षिय नारायण चौधरीलाई डाईजोल्याब -३३ एम्पुल, लेबल बिनाको २६ एम्पुल, फेनारागन २२ एम्पुल सहित पक्राउ गरिएको हो ।

सोमवार साँझ सवा ५ बजे बा ३१ प ६६७८ मोटरसाईकलमा सवार रहेका चौधरीलाई चेकजाँच गर्दा निजको साथबाट उक्त परिणामको लागुऔषध बरामद गरिएको तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.