फायल फोटो,
काठमाण्डौ माघ २५ गते । रातो तारा डट कम,मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सिमा खाल्डे प्रहरी चौकिमा गए राति अज्ञात समुहले आक्रमण प्रयास गरेका गरेका छन् ।
राति १०, १२ वटा मोटरसाइकलमा आएको समुहले प्रहरी चौकिमा आक्रमण गर्दा २ जना प्रहरी घाइते भएका छन् । गम्भिर घाइते भएका प्रहरी असहि सन्तोष कुमार झाको थप उपचारको लागि काठमाडौं लगिएको छ भने प्रहरी हवल्दार हरी बहादुर मगरको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो ।
प्रहरीले १ जना आक्रमणकारीलाइ प्रक्राउ गरेको जनाएको छ । पक्राउ परेका सुनखानिका सोम थिङ लाइ लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना किन गरेको भन्ने बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो ।
Post a Comment