Websoft University

दूधौलीका महिला अर्गानिक तरकारी खेतिमा आकर्षित हुदै,



काठमाण्डौ माघ २५ गते । रातो तारा डट कम,सिन्धुलीको दूधौली नगरपालिकाका महिला बिषादीरहित तरकारी खेतीमा जुटेका छन् । रोग किरा नियन्त्रणका लागि जैविक विषादी बनाउने सीप पाएपछि उनीहरु विषादी रहित तरकारी खेतीमा जुटेका हुन् । दुधौली–१० मा महिलाहरूले समूह नै गठन गरेर व्यवसायिक रुपमा विषादीरहित तरकारी खेती गरेका हुन् ।

स्थानीय किसान चाहाना श्रेष्ठले सात कठ्ठा जमिनमा बन्दा, काउली, खुर्सानी र गोलभेडा लगाउनुभएको छ । तरकारी बेचेर तीस हजार रुपियाँ आम्दानी लिएको उहाँले बताउनुभयो । तरकारीमा लागेको रोक किरा आफैलै घरमै जैविक बिषादी बनाई छर्केर नियन्त्रण गरेको श्रेष्ठको भनाइ छ । गाँउघरमा पाईने तीतेपाती, बकाईनो, कालीझार, अदुवा, लसुन र गाँईभैंसिको गहुँत मिसाई जैविक बिषादी बनाई तरकारी खेतीमा लागेको किरा नियन्त्रण गरेको उहाँले बताउनुभयो । 

अर्का किसान सावित्रा घिमिरले ६ कठ्ठा जमिनमा आलु, काउली, बन्दा, गोलभेडा खेती गर्नु भएको छ । उहाँले ३० हजारको काउली बेचेको र बन्दा, गोलभेडा र आलु बिक्री गर्न बाँकी रहेको सुनाउनुभयो । असोजमा बेर्ना राखेर धान काटेपछि बेर्ना सारेर तरकारी खेती गरेको उहाँको भनाइ छ । तरकारी खेती गर्न थालेपछि आम्दानी पनि हुन थालेको र रोग किराको नियन्त्रणका लागि पैसा पनि खर्चिनु नपरेको महिला किसानहरुले बताउएका छन् । 

तरकारी खेतीमा लागेका महिलाहरुले गाउँमै प्रगतिशिल कृषि तथा उद्यमसिल सहकारी संस्था समेत खोलेका छन् । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.