Websoft University

गायत्री संस्कृत माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूको भेलाले नारायण पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

विराटनगर । रातो तारा डट कम, विराटनगरस्थित गायत्री संस्कृत माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूको भेलाले नारायण पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ ।

विद्यालयमा २०४४ सालदेखि हालसम्म अध्ययन गरेका पूर्व विद्याथीहरूको वृहत भेलाले पोखरेलको अध्यक्षतामा १३ सदस्यीय ‘गायत्री संस्कृति मावि पूर्व विद्यार्थी समाज गठन गरेको हो ।

समितिको उपाध्यक्षमा रीता रेग्मी, सचिवमा प्रभाकर रेग्मी, सहसचिवमा विनय पोखरेल र कोषाध्यक्षमा लेखनाथ अधिकारी चयन भएका छन् । त्यस्तै श्यामकृष्ण बास्कोटा, विजया नेपाल, रफिकुल हुसेन, नुना कट्टेल, कमल पोखरेल, रुद्र राजवंशी र बाबुराम घिमिरे सदस्य रहेका छन् ।

विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू देशका विभिन्न उच्च तहमा पुगेका छन् । समाजले विद्यालयको विकाससँगै पूर्व विद्यार्थीहरूबीच भेटघाट, आपसी सद्भावका साथै सामाजिक क्षेत्रमा काम गर्ने अध्यक्ष पोखरेलले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.