Websoft University

बेरोजगारलाई लक्षित गरि रोजगारमुलक ३ महिने तालिम सुरु



बिराटनगर । रातो तारा डट कम,प्रदेश १ का बिभिन्न जिल्लामा रहेका  बेरोजगार युवा युवतिहरुलाई रोजगार बनाउने उदेश्यले इटहरीमा आइतबारबाट बिभिन्न बिषयका रोजगारमुलक निशुल्क तालिमहरु सञ्चालनमा आएका छन । 

नेपाल सरकार,शिक्षा,बिज्ञान तथा प्रबिधि मन्त्रालयको सहयोगमा इटहरीमा स्थित पिरामिड टेक्निकल इन्ष्टिच्युटले उक्त तालिमको आयोजना गरेको हो । पिरामिड टेक्निकलले आइतबारबाट ३ महिने ब्युटसियन तालिम, ३ महिने इलेक्ट्रिकल तथा वेल्डीगं र ३ महिने कटाइ सिलाई तालिम सुरु गरेको हो । 

इटहरीको स्वप्निल ब्युटिपार्लर एण्ड तालिम सेन्टरमा सुरु भएको तालिमको उदघाटन पाथिभरा जब लिंक प्रालिका अध्यक्ष पवन अधिकारीले गरेका थिए । जब लिंकका अध्यक्ष एवम प्रमुख अतिथि अधिकारीले आफनो सस्थाले समेत रोजगार बनाउने उदेश्यले अब बिभिन्न बिषयका तालिमहरु सञ्चालनमा ल्याउन लागेको बताए । 

 प्रमुख अतिथि अधिकारीले सिप बिना अहिले समयमा रोजगार प्रदान गर्न नसक्ने अवस्था रहेको बताए । उनले सिप युक्त ब्याक्तिहरुको बजारमा निकै आवस्यकता रहेको कारण जुन सुकै बिषयमा समेत बिशिष्टता हासिल गर्नुपर्ने अवस्था रहेको समेत जिकिर गरे ।  सो अवसरमा सस्थाका अध्यक्ष समिर खडकाले आफनो सस्थाले बेरोजगार युवा युवति लक्षित धेरै कार्याक्रमहरु सञ्चालनमा ल्याएका थिए । 

उनले प्रशिक्षार्थिको आर्थिक अवस्थालाई मध्यनजर गर्दे सबै तालिमहरुमा सहभागिलाई निशुल्क रुपमा खाना खाजा समेत दिदै आएको बताए । कार्यक्रममा प्रशिक्षक बिजुबैनि श्रेष्ठले पछिल्लो समयमा ब्युटिसियन प्रति युवतिहरु ऋार्कषित हुदै गएको बताइन । ब्युटिसियन तालिममा अन्र्तवार्तामा सहभागि भएका ७८ जना मध्येबाट २० जनालाई छनौट गरि उनिहरुलाई तालिम दिइएको आयोजक सस्थाकी प्रसाशन प्रमुख कृष्टिना थापा खडकाले बताइन । 

यस्तै आइबारबाटै सोहि सस्थाले इटहरी ५ मा इलेक्ट्रिकल तथा कटाई सिलाई तालिमको समेत सुरु गरेको छ । सस्थाको आफनै सभाहलमा सञ्चालित उक्त तालिममा प्रदेश १ भरबाट अन्र्तवार्तामा छनौट भइ आएका ४० जना युवा युवतिहरुले सहभागिता जनाएका छन । तालिममा सहभागिहरुलाई आवस्यक पर्ने सम्पुर्ण उपकरणहरु ऋायोजक सस्थालेनै दिने जनाइएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.