Websoft University

हात्ती चढेर आएका मुख्यमन्त्री शेरधन राईले कोशी पर्यटन महोत्सवको उद्घाटन गर्नुभयो


सुनसरी, माघ १९ गते । रातो तारा डट कम,सुनसरीको कोशी गाउँपालिकामा पहिलो कोशीटप्पु महोत्सव शुरु भएको छ । हात्ती चढेर आएका मुख्यमन्त्री शेरधन राईले कोशी पर्यटन महोत्सवको उद्घाटन गर्नुभयो ।

महेन्द्र राजमार्गको जमुवाबाट हात्ती चढेर कोशीटप्पुमा पुग्नु भएका मुख्यमन्त्री राईले १० दिने पर्यटन महोत्सवको उद्घाटन गर्नुभयो । संघीय र प्रदेश सरकारको उद्देश्य अनुरुप कोशीटप्पुमा पर्यटक भित्र्याउन कोशी पर्यटन महोत्सव गरिएको हो । सुनसरीको कोशी गाउँपालिकाले आयोजना गरेको महोत्सवलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पर्यटक बढाउने उद्देश्यको रुपमा हेरिएको छ । 

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकले थाम्नै नसकेकोअ बस्थामा कोशीटप्पुमा पर्यटक ल्याउने उदेश्य रहेको गाउँपालिकाले जनाएको छ । कोशी टप्पु र आसपासको क्षेत्रमा रहेको पर्यटकीय महत्वका प्याकेज ल्याएर कोशी गाउपालिकाले महोत्सब शुरु गरेको हो ।

महोत्सवमा आउने पर्यटकले हात्तीदेखि जंगल सफारीसम्मको ब्यवस्था गरिएको छ । आन्तरिक सहित ५० हजार भारतीय, तेस्रो मुलुकबाट समेत जोडिने गरि एक लाख पर्यटक भित्र्याउने उदेश्य रहेको गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीले जानकारी दिनुभयोे ।

चराहरुको राजधानीको रुपमा चिनिएको कोशीटप्पु क्षेत्रमा विदेशी पर्यटकलाई बढाउनको लागि यस्ता कार्यक्रमले आकर्र्षित गर्ने प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताउनुभयो । उहाँले प्रदेशको पर्यटक भित्र्याउने कोशीटप्पु एउटा उत्कृष्ट गन्तब्य भएको जानकारी दिँदै यस पर्यटकीय क्षेत्रलाई प्रदेश सरकारले प्रथमिकतामा राखेको दाबीगर्नुभयो ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियैतले स्थानीयवासी, कोशीटप्पु बन्यजन्तु आरक्ष बिचको सम्बन्ध सुधार भई एउटा नमुनाको रुपमा काम शुरु गर्नुपर्ने दिन आएको बताउनुभयो । अहिले पनि आन्तरिक पर्यटकको गन्तब्यको रुपमा रहेको कोशीटप्पुमा बिदेशी पर्यटक भित्र्याउनको लागि पनि बिभिन्न गतिबिधिहरु आबश्यक रहेको औल्याउनु भयो । आजदेखि शुरु भएको कोशीटप्पु महोत्सव माघ २९ गतेसम्म चल्नेछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.