Websoft University

विश्व आदर्श एकेडेमी खेलकूदमय


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,सुनसरीको इटहरीमा विश्व आर्दश स्पोर्टस विक तथा विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भए संगै विश्व आदर्श एकेडेमी खेलकूदमय बनेको छ। आइतबार नेपाल फुटबल संघका केन्द्रिय मानार्थ उपाध्यक्ष तथा प्रदेश एक फुटबल संघका अध्यक्ष किशोर राईको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको कार्यक्रममा करिब १२ वटा विद्यालयबीच प्रतिस्पर्धा हुने भएको हो ।

विश्व आदर्श एकेडेमीले आफ्नो स्थापनाको तेश्रो बर्षमा भएको अवसरमा १९ गते देखि २४ गते सम्म बिश्व आर्दश स्पोर्टस विक अन्तर्गत अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता, तेक्वान्दो, एथलेटिक्स्, बास्केटबल, ब्याडमिण्टन, टेबलटेनिस र योगा, नृत्य लगायतको प्रतियोगिता सञ्चालन गरिने एकेडेमीका प्रिन्सीपल गणेश दुलालले जानकारी दिए ।

शैक्षिक ज्ञान अतिरिक्त खेलकुदको मार्फत पनि बिद्यार्थीलाई अगाडी बढाउन सकिन्छ भन्ने उद्धेश्यका साथ खेलकुद मार्फत पनि स्थानीय तथा राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न सकिने भएकाले वार्षिक रुपमा खेलकुद प्रतियोगिताको आयोजना गर्ने गरिएको जनाइएको छ ।

अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. १० हजार सहित मेडल, ट्रफि प्रदान गरिने छ भने दोश्रो स्थान प्राप्त गर्नेलाई नगद रु. ७ हजार सहित मेडल, ट्रफी प्रदान गरिने विद्यालयले जनाएको छ । स्कुलले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापमासमेत जोड दिइरहेको छ ।

आइतबार भएको पहिलो खेलमा ब्लुमिङ किन्डर कार्गेनलाई विश्व आदर्श स्कुलले ५–० गोलले पराजित गरेको छ भने दोस्रो खेलमा ज्ञानदर्पण एकेडेमीले पुर्वाञ्चल एकेडेमीलाई २–० ले पराजित गरेको छ । सोमबारको फुटबल खेल विश्वआदर्श र पशुपती बोर्डिङ बिच हुनेछ ।

स्कुलकै विद्यार्थी प्रितम आचार्यले गायनको भारतीय रियालिटी शोमार्फत् चर्चा कमाएका थिए भने विश्व आदर्श स्कुलकै छात्रा सेविका कोइरालाले राष्ट्रिय नृत्य प्रतियोगितामा जित हात पारेकी थिइन् ।यसका बाबजुद धेरै अतिरिक्त क्रियाकलापमा यस स्कुलका विद्यार्थीले अब्बल नतिजा ल्याउने गरेको विद्यालयका प्रिन्सिपल गणेश दुलालले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.