Websoft University

गल्ति गर्नेलाइ पार्टीले छुट नदिने–प्रचण्ड


काठमाण्डौ फागुन ११ गते । रातो तारा डट कम,नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताउनुभएको छ ।  प्रेस संगठन नेपाल नवलपुरले गरेको पत्रकार भेटघाटमा प्रचण्डले कसैले गल्ती गरेको भए पार्टीले संरक्षण नगर्ने स्पष्ट पार्नुभयो । 

सञ्चारमन्त्रीको विषयमा आएको कुराबारे प्रधानमन्त्रीले तत्काल पहल लिएर उहाँलाई राजीनामा दिन लगाएको बताउदै प्रचण्डले यसमा बाँकी अनुसन्धान गर्नुपर्ने विषय भए सम्बन्धित निकायले अनुसन्धान गर्ने भन्ने पहल लिएको बताउनुभयो । त्यसैले यो समस्या समाधानको विषयतिर गएको पनि प्रचण्डले बताउनुभयो । 

अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन् । म अहिले यति मात्रै भन्न चाहन्छु, गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौं, पत्रकारहरुसंग प्रचण्डले भन्नुभयो । सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा समेत नेकपाभित्र छलफल भइरहेको पनि प्रचण्डले बताउनुभयो । 

यस्तै प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी कुनैपनि हालतमा पारित गराउनुपर्ने पक्षमा आफू रहेको पनि बताउनुभयो ।  केही विषयलाई परिमार्जन गरेर भएपनि एमसीसी पारित गराउने प्रचण्डको भनाइ छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.