Websoft University

सुन्दरहरैंचामा जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिताको समापनमा खेलाडी साथै पत्रकारलाई सम्मान


शिव भट्टराई मोरङ । रातो तारा डट कम,मोरगंको सुन्दरहरैंचा ५ बलिया चौकमा आयोजना भएको दुईदिने जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । देशको बिकास गाँउवेशिको, खेलको बिकास गाँउदेखीको भन्ने नारका साथ बलिया चौकमा आयोजना भएको खेलमा सुकुना डोजागं प्रथम , बलिया डोजागं दोश्रो तथा देउराली डोजागं तेश्रो भएका छन्। 

प्रतियोगितामा प्रथम द्धतिय र तृतिय हुनेले क्रमस १५ हजार १० हजार र ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा अन्य खेलाडीहरुले पनि उमेर समुहका आधारमा प्रथम द्वितीय र तृतिय हुनेलाई मेडल र प्रमाणपत्र प्रदान गरियो । 

राष्ट्रिय तेक्वान्दो संघ नेपाल मोरगंको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका १२ डोजागंका खेलाडिहरुले प्रतिस्पर्धा गरेका थिए । उक्त खेलको समापन कार्यक्रममा पत्रकारिताको माध्यमबाट सहयोग पुर्याएको भन्दै पत्रकार शिव भट्टराई ‘भोजपुरेलाई  सम्मान पत्र प्रदान गरिएको थियो।शनिबार भएको समापन कार्यक्रममा राजनीतिक दलका नेता, जनप्रतिनिधि,समाजसेवी लगायत  विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.