पर्वत, फागुन १० गते । रातो तारा डट कम, सशस्त्र प्रहरी बलको एपिएफ क्लबले चौथो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
१३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा शनिबार भएको फाइनलमा एपिएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई सोझो सेटमा स्तब्ध बनायो । एपिएफले पुलिसलाई १५–२५, २५–१८, २५–२१ र २५–१२ ले पराजित ग¥यो । उपाधि विजेता एपिएफले ट्रफीसँगै दुई लाख रुपैयाँ पुरस्कार प्राप्त ग¥यो । उपाधि बिजेता टिमका लागि जलजला गाउपालिकाका अध्यक्ष यमबहादुर मल्लले सौजन्य गरेका छन् । उपबिजेता टिम पुलिसले नगद १ लाख प्राप्त गरेको छ ।
एपिएफका प्रशिक्षक महेशप्रसाद चौधरीले डिफेन्स बिग्रेपछि पहिलो सेटमा गुमाउनुपरे पनि खेलाडी धर्यता नगुमाएको बताए । पुलिसका प्रशिक्षक रूपेश बिस्टले पहिलो सेटपश्चात तालमेल गुम्दा हार बेहोर्नुपरेको बताए । शनिबारै तेस्रो स्थानको लागि भएको खेलमा होङग्वान्जी न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई स्तब्ध बनायो । न्यु डायमण्डले आर्मीलाई २५–२३, २५–२१, २५–२२ को सोझो सेटमा स्तब्ध बनाको हो । तेस्रो भएको न्यु डायमण्डले ५० हजार रुपैयाँ र ट्रफी प्राप्त ग¥यो ।
प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले ट्रफीसँगै १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् । विधागत उत्कृष्टअन्तर्गत स्पाकरमा एपीएफकी निरुता ठगुन्ना, ब्लकरमा पुलिसकी कोपिला राना, सेटरमा पुलिसकै कमला पुन, लिबेरोमा न्यु डायमण्डकी सलिना श्रेष्ठ र सर्भरमा न्यु डायमण्डकी पनामिका राई घोषित भएको रेफ्री संयोजक एवम् अन्तर्राष्ट्रिय रेफ्री टहलंिसह थापामगरले बताए ।
उत्कृष्टले पाँचैले समान पाँच हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट प्रशिक्षकका रूपमा एपिएफका महेशप्रसाद चौधरी घोषित भए । उनले पनि ट्रफी र पाँच हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको विजेतालाई जलजला गाउँपालिकाका अध्यक्ष यमबहादुर मल्ल र आयोजक रेडियो दिदि बहिनीकी अध्यक्ष कल्पना चापागाईलगायतले पुरस्कृत गरेका थिए ।
Post a Comment