Websoft University

सेक्युरीटी प्रेस मेसिन खरीद, वाईडबडी, एनसेल लगायतका ठूला भ्रष्टाचार काण्डहरुमा प्रधनमन्त्रीको संलग्नता रहेकोछ–डा.बाबुराम भट्टराइ



काठमाण्डौ फागुन ११ गते । रातो तारा डट कम,समाजावदी पार्टी संघीय परिषदका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सेक्युरीटी प्रेस मेसिन खरीद, वाईडबडी, एनसेल लगायतका ठूला भ्रष्टाचार काण्डहरुमा प्रधनमन्त्रीको संलग्नता रहेको आरोप लगाउनुभएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले आज पर्वतमा समाजवादी पार्टी  जिल्ला समन्वय समिति पर्वतले थालेको संगठन विस्तार तथा सुदृढिकरण अभियानको उद्घाटन गर्दै गोकुल बाँसकोटा एक्लैले भ्रष्टाचार गर्न नसक्ने भन्दै प्रधानमन्त्रीकै सेटिङमा भ्रष्टाचारको तारतम्य मिलेको आरोप लगाउनुभयो । आफु प्रधानमन्त्री हुँदा भ्रष्टाचार नभएको उहाँको दाबी थियो ।  मुलुकमा संघीय गणतन्त्र स्थापनापछि ऐजेण्डा फेरिएको बताउँदै काँग्रेस र कम्युनिष्टको मात्रै नभई संघयिता, शुसासन, समृद्धि र समाजवादका लागि समाजवादी पार्टी विकल्प रहेको बताउनुभयो । नेता भट्टराईले बर्तमान बहुमतको सरकार ओराली लागेको बताउँदै बर्गिय, जातिय, लैङ्गिक समानता सहतिको उन्नत लोकतन्त्रमा आधारीत समाजवाद स्थापनाका लागि हिमाल पहाड र तराईले बनेको नेपालको समृद्धिको लागि समजवादी पार्टीले देशैभर संगठन विस्तार एवं सुदृढीकरण  अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.