Websoft University

लागूऔषधसहित धरानका एक बालक पक्राउ


विराटनगर, माघ २७ गते । रातो तारा डट कम, अवैध लागूऔषधसहित धरानका एक बालक पक्राउ परेका छन् । बखरी प्रहरी चौकी विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनिबाट एक बालकले शरिरमा बाधेर लागूऔषध ल्याउँदै गरेको अवस्थामा आज पक्राउ गरकेो हो ।

धरानका १४ वर्षिय एक युवाको शरिरमा टेपले बाधेर ल्याएको अवस्थामा लागूऔषध सोमबार विराटनगर १२ आइतबारेको नहरबाट बरामद गरेको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले जानकारी दिए । 

प्रहरीले उनको साथबाट ७५ सेट लागूऔषध बरामद गरेको छ । एभिल २५ सेट, डाइजे २५ सेट र नरफिङ २५ सेट गरि ७५ सेट लागूऔषध बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.