Websoft University

बेलबारी नगरपालिकाले नयाँ दमकल किन्यो


बेलबारी । रातो तारा डट कम,स्थानीय निकाय आफैसँग दमकल नहुँदा छिमेकी सुन्दरहरैचा नगरपालिका र ईटहरी उपमहानगरपालिकाको भर पर्नुपर्ने अबस्था अन्त्य गर्दै नगरपालिकाले दमकल (बारुणयन्त्र) किनेको हो ।  बेलबारी नगरपालिकाका प्रबक्ता तथा बेलबारी वडा नम्बर ३ का अध्यक्ष योगेन्द्र सुवेदीका अनुसार नयाँ दमकल सोमबार आइसकेको छ  । 

बेलबारी नगरपालिकाको नगरसभाले दमकल र शबबाहन किन्ने निर्णय गरेको थियो । सोही बमोजिम नयाँ दमकल खरिद गरिएको नगरपालिकाले जनाएको छ ।

प्रबक्ता सुवेदीका अनुसार नयाँ दमकललाइ नगरपालिकामा भएकै कर्मचारी खटाएर सञ्चालन गरिनेछ । दमकल सञ्चालन गर्न ठुलो खर्च आबश्यक हुने भएका कारण सकेसम्म कम खर्चमा दमकल संचालन गर्न हाल भएकै कर्मचारीलाइ परिचालन गरिने उनले बताए ।

शबबाहन र अर्को दमकल पनि आउँदै 

बेलबारी नगरपालिकाको अघिल्लो नगरसभाले दमकल र शब बाहन खरिद गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार दमकल खरिद भए पनि शब बाहन खरिदको प्रक्रियामा छ ।

त्यसो त बेलबारी नगरपालिकालाई एक क्यानेडिन कम्पनीले पनि निस्शुल्क दमकल उपलब्ध गराउने भएको छ । दातासँग सम्झौता भई प्रक्रिया अघि बढिसकेकोले केही महिना भित्रमै अर्को दमकल पनि आइपुग्ने नगरपालिकाले जनाएको छ  ।

धेरै बर्षअघि तत्कालीन बेलबारी नगरपालिकाले एम्बुलेन्स समेत खरिद गरेको थियो । तर दुर्घटनामा परी क्षतबिक्षत भएपछि सो एम्बुलेन्स थन्किएको थियो । सो एम्बुलेन्स हाल पनि बेलबारी नगरपालिका परिसरमै कवाडी बनेर थन्किएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.