Websoft University

आज १२ औं चरणको खेलमा च्यासल युथ क्लबसँग २–१ गोल अन्तरले पराजित हुँदै सरस्वती ‘बी’ डिभिजन लिगमा घटुवा भयो ।



काठमाण्डौ माघ २७ गते । रातो तारा डट कम,सरस्वती युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट ‘बी’ डिभिजनमा घटुवा भएको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज १२ औं चरणको खेलमा च्यासल युथ क्लबसँग २–१ गोल अन्तरले पराजित हुँदै सरस्वती ‘बी’ डिभिजन लिगमा घटुवा भएको हो । 

नेपाली फुटबलको शीर्ष डिभिजनमा रहिरहन जित्नै पर्ने खेलमा पराजित भएपछि सरस्वती लिगको एक खेल बाँकी रहदै घटुवा भएको हो । सरस्वतीबाहेक अन्य टोली अब घटुवा हुने छैनन् । अखिल नेपाल फुटबल संघ एन्फाले यस पटक १४ टोलीमा एक टोली मात्र घटुवा हुने प्रावधान बनाएको थियो । क्लबको इतिहासमा सरस्वती दोस्रो पटक घटुवा भएको हो ।

बिस २०६३ सालमा पहिलो पटक ‘ए’ डिभिजन लिग खेलेको सरस्वती त्यहिँ वर्ष ‘बी’ डिभिजनमा घटुवा भएको थियो । सरस्वती २०६८ यता भने लगातार शीर्ष लिग खेलिरहेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा च्यासललाई जित दिलाउन जापानी खेलाडीद्वय ताइगा नाकामुरा र हायातो वाकिनोले एक एक गोल गर्नुभयो । च्यासलसँगको हारसँगै सरस्वतीले १२ खेलमा ४ अङ्क जोड्यो । 

लिगको अन्तिम खेल जितेपनि सरस्वतीले पुछारबाट दोस्रो स्थानमा रहेको एपीएफलाई पछि बनाउन सक्ने छैनन् । एपीएफको ८ अङ्क रहेको छ । एपीएफले आजको खेलमा फ्रेन्ड्सलाई ५–२ गोल अन्तरले पराजित गरेको थियो । अब सरस्वतीले लिगको अन्तिम खेलमा संकटा क्लबसँग खेल्नेछ । सरस्वतीलाई पराजित गरेसँगै च्यासल भने १५ अङ्क जोडेर नवौं स्थानमा उक्लिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.