Websoft University

दीर्घकालीन पुनःस्थापना गृह’ आजैबाट सञ्चालन आयो


विराटनगर । रातो तारा डट कम,घरेलु हिंसा पीडितलाई दीर्घकालीन रूपमा राख्न प्रदेश–१ सरकारले ‘दीर्घकालीन पुनःस्थापना गृह’ सञ्चालनमा ल्याएको छ ।

पुनःस्थापना गृहको आज प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले उद्घटन गरे । गृहको उद्घाटन गर्दै धेरै महिलाहरु अझै पनि आफुमाथि हुने हिंसा खुलेर बाहिर भन्न नसक्ने अवस्थामा रहेको सभामुख भण्डारीले बताए । हिंसा पिडित महिलाहरुलाई पुनस्थापना गृहमा राखेर उनीहरुलाई परामर्श दिने र सिप विकासमा पनि ध्यान दिनु पर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै प्रदेश १ का समाजिक विकास मन्त्री जिवन घिमिरेले हिंसा पिडित महिलाहरुलाई पुनस्थापना गृहमा निश्चित समयका लागिमात्रै राखिने बताए । हिंसा पिडित महिलाहरुलाई समाजमा पुनस्थापनागर्नु नै मुख्य उद्देश्य हुने मन्त्री घिमिरेले बताए ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले हिंसा पिडित महिलाहरुले आफ्नो परिवार र समाजमा बसेर कानुनी लडाइ लड्न नसक्ने उनले बताइन् । घरपरिवारमा बसेर आफुमाथि भएको हिंसाको विरद्धमा कानुनी बाटोमा जान नसक्ने भएकाले पुनस्थापना गृह संचालनमा ल्याइएको राज्यमन्त्री गजमेरले बताइन् ।

संचालनमा ल्याइएको पुनस्थापना गृह ३० जना बस्न मिल्ने क्षमताको छ । प्रदेश घरेलु हिंसा सम्बन्धी ऐन २०७५ कार्यान्वयन गर्दै प्रदेश सरकारले उक्त पुनस्थापना गृह संचालनमा ल्याएको हो । प्रदेश एक घरेलु हिंसा सम्बन्धी ऐन निर्माण गर्ने पहिलो प्रदेश हो । संघीय सरकारको महिला, बालबालिकातथा ज्येष्ठ नागरिक मन्त्रालयको पहलमाभवननिर्माण गरिएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.