Websoft University

कांग्रेस यति बेला नेताहरुको गुटबन्दीको शिकार बनेकोछ- नेता महत


श्याम राई-गाइघाट माघ २४ गते । रातो तारा डट कम,नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.रामशरण महतले सभामुख चयनमा काग्रेसले उम्मेदवार नउठाएर गलत गरेको बताएका छन् । हार्ने अबस्था हुदाहुदै पनी पार्टीले सभामुखमा उम्मेदवारी दिनुपर्थियो नेकपालाइ निर्विरोध छाड्नु हुदैन उनले भने पार्टी नेत्रित्व बाट निकै ठूलो गल्ती भएको उनले बताए ।

नेपाली कांग्रेस उदयपुरले बेल्टारमा शुक्रवार आयोजना गरेको स्थानिय तहका जनप्रतिनिधिहरुको लागी क्षमता अभिबृद्धि तालिमको उद्घाटन गर्दै डा. महतले कांग्रेस यति बेला नेताहरुको गुटबन्दीको शिकार बनेको बताए । अव कांग्रेसलाई पुरानै अवस्थामा फर्काउने हो भने नेताहरुले गुटबन्दी अन्त्य गर्नु पर्ने उनले बताए ।

उनले पाटी सभापति देउवाले सबैलाई मिलाएर लानुपर्ने भएकोले गुटबन्दी बाट माथि उठेर अव काम गर्नु पर्ने बताए । विगतमा पनि किशुन जी र गीरजा प्रसाद कोइराला लाई मिलाउने काम आफुले गरेको उल्लेख गदैृ डा. महतले फेरी पनि जिम्मेवारी आई लागे अहिले नेताहरु विच भइरहेको विवाद मिलाउन लागि पर्ने बताए ।

उनले एमसीसी असफल भए मुलुकको विकास निमार्णमा ठूलो धक्का लागने बताए । अहिले एमसीसीको विरोध गर्नु कुनै तुक छैन उनिहरु हल्लाकै भरमा आलोचना गरिरहेका छन्,उनले भने । ललिता निवास जग्गा प्रकरणमा कांग्रेस नेतालाई फसाएर सरकारले आफनो मान्छेलाई बचाउ गरेको उनले आरोप लगाए ।

निर्णय गर्ने प्रधान मन्त्रिलाई सफाई दिने तर विभागीय मन्त्रि यसैको कारण उसले सजाय पाउने ? ढा. महतले भने माधव कुमार र बाबुराम भट्ठाराई लाई सरकारको निर्देशनमा अक्त्तियारले सफाए दिएको उनले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.